
पेचिङ । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले चीनमा मूल्य युद्ध छेडेको थियो । कम्पनीले यो वर्षको सुरुमा कम्पनीले आफ्ना कयौँ मोडलको भाउ एक पछि अर्को गर्दै घटायो ।
चीन विश्वको सबैभन्दा ठुलो विद्युतीय कार बजार । टेस्लाको सो कदम पछि घरेलु र विदेशी ब्रान्डहरू दुवै आ–आफ्नो उत्पादनको मूल्य घटाउन बाध्य भए । तर अहिले आएर टेस्लाले यू—टर्न लिएको छ । कम्पनीले चीनमा वाईको मूल्य १४ हजार येनले बढाएको हो ।
नयाँ मूल्य शुक्रबार देखि लागू भएको कम्पनीले सामाजिक सञ्जालमा जारी एक नोटिसमा भनेको छ ।