प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

-


     नेपालय न्युज    
     कार्तिक १० गते २०८०


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो ।

संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल हुने बताइएको छ । गत असोज २० गते दुई नेताबिच भेट भएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com