एमालेको चियापान कार्यक्रम १५ गतेलाई सर्‍यो

-


     नेपालय न्युज    
     कार्तिक ९ गते २०८०


काठमाडौं, कात्तिक ९ गते । नेकपा (एमाले) को चियापान कार्यक्रम निर्धारित समयभन्दा एक दिन ढिलोगरी १५ गतेका लागि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने सो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यसअघि १४ गतेका लागि तय गरिएको थियो । सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण रहेकाले त्यसलाई मध्येनजर गरी चियापान कार्यक्रम एक दिन पछि सारिएको कार्यालय सचिव डा. अधिकारीले जानकारी दिनुभयो ।

चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा आउने बुधबार दिउँसो १२ः१५ देखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com