माल्दिभ्समा चीन समर्थक उम्मेदवार मुइज्जु राष्ट्रपति पदमा विजयी


     नेपालय न्युज,     
     असोज १५ गते २०८०


माले (माल्दिभ्स) । माल्दिभ्समा भएको राष्ट्रपति निर्वाचनमा चीन समर्थक उम्मेदवार मोहम्मद मुइज्जु राष्ट्रपति पदमा विजयी भएका छन् ।

शनिवार भएको निर्वाचनमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले माल्दिभियन डेमोक्रेटिक पार्टीका उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका हुन् । मुइज्जोउले ५४ प्रतिशत मत प्राप्त गरे ।

सोलिह हाल माल्दिभ्सका राष्ट्रपति छन् । उनले नोभेम्बर १७ (नवनिर्वाचित राष्ट्रपतिले शपथ नलिँदा)सम्म कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन् ।

को हुन् मोहम्मद मुइज्जु ?

सन् १९७८ मा जन्मेका मोहम्मद मुइज्जुले युकेको लीड्स विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन्। उनी सन् २०१२ मा गृहमन्त्री भएर राजनीतिमा प्रवेश गरेका थिए । मुइज्जु अहिले राजधानी मालेका मेयर छन् ।

उनको चीनसँग राम्रो सम्बन्ध रहेको पाइन्छ । उनका प्रतिष्पर्धी उम्मेदवारको दलको भने भारतसँग बलियो वित्तीय सम्बन्ध छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com