पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यासको सिलिण्डर २१५ बढ्यो


     नेपालय न्युज,     
     असोज १३ गते २०८०


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

नेपाल आयल निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

निगमले छुट्याएको वर्ग अनुसार पहिलोमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो रहेका छन्।

त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो बर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्। बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com