चापापानी सिद्वार्थ सहकारीको अध्यक्षमा कार्की

-


     नेपालय न्युज    
     असाेज ६ गते २०८०


पोखरा ६ असोज ।
पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाचौ अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा नया कार्यसमिती सर्वसमम्त चयन गरेको छ ।
समितिको उपाध्यक्षमा श्याम प्रसाद साँखी सचिवमा ईन्दिरा कोइराला कोषाध्यक्षमा ईन्द्रदत्त बराल रहेका छन् भने सदस्यहरूमा मनोहरि पौडेल,गुप्त वहादुर कार्की,बल वहादुर कार्की ,दान वहादुर बस्नेत,कल्पना कार्की,अनिता राना मगर,मनोज कार्की सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा संयोजकमा चित्र प्रसाद दाहाल तथा सदस्यहरूमा चित्र प्रसाद आचार्य कृष्णराज पौडेल चयन भएका छन् ।
यस अघि सहकारीकोे चौधौ साधारणसभा तथा पाचौ अधिवेशनमा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गर्दे वाग्लेले अहिले बजारमा जुन नाफाको पछि सहकारीहरू हिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्ता सहकारीहरू जोखीममा रहेका बताउदै सहकारीले धेरै निक्षेप संकलन गर्देमा सहकारी राम्रो नहुने बताए ।


कार्यक्रमा पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष सन्तोष वास्तोलाले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश बहादुर कार्कोले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताउदै सहकारीलाई आगामी दिनमा खराब ऋणलाइ कानुनी उपचार गरी उठाउन लाग्नुपर्ने बताए । कार्यक्रममा पुरानोधारा सहकारीका अध्यक्ष कृष्ण प्रसाद कोईरला संस्थाका सल्लाहकार डा नगेन्द्र बहादुर भण्डारी लगाएतले बोलेका थिए ।
सहकारीका अध्यक्ष नरेश बहादुर कार्कीले अध्यक्षको प्रतिवेदन सचिव श्याम प्रसाद साँखीले सचिवको प्रतिवेदन ऋण लगानी समितिका संयोजक गुप्त बहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन लेखा सयोजक कुल प्रसाद दाहालले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष इन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष नरेश बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सह सचिव दिपक कार्कीले स्वागत मन्तब्य राखेका थिए भने सचिव श्याम प्रसाद साँखीले कार्यक्रम सन्चालन गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com