
मनोहरि पाैडेल, पाेखरा ।
सिद्धार्थ क्लब पोखराको आ.ब. २०८०÷८१ का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको अध्यक्षतामा पोखरा ८ बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाज प्रमुख अतिथि वडा अध्यक्ष रुद्रनाथ बरालले विमोचन गर्नुभएको थियो । कार्यक्रममा सिद्धार्थ क्लबका कार्यक्रम तथा गतिविधीहरुको प्रशंसा गर्दै प्रमुख अतिथि रुद्रनाथ बरालले वडा कार्यालय र सिद्धार्थ क्लबको सहकार्यमा मानवीय सामाजिक सेवाका वृहत कार्यक्रम गर्न सकिने मन्तव्य राख्नु भयो ।
क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले आफनो दक्षताले क्लबको छबि उच्च राख्ने कार्यमा प्रतिवद्ध भई आफनो कार्यकाल सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, मानार्थ सदस्य तथा सम्मानित ज्येष्ठ नागरिकका तर्फबाट भक्तराज श्रेष्ठ, बगालेटोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, गाउँफर्क मा.वि.का प्रद्यानाध्यापक पार्वती ढुङगना, पोखरा उद्योग वाणिज्य संघका उप महासचिव शोभा गौतम र महिला अधिकार मञ्च कास्कीका अध्यक्ष शोभा आचार्यले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठको नेतृत्वमा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुली, द्वितिय उपाध्यक्ष नवराज कुमार गोठाजु, सचिव विनोद प्रसाद श्रेष्ठ, निर्देशक रवि मर्सानी, कोषाध्यक्ष सुनिल श्रेष्ठ र कार्यसमिति सदस्य पदमा योजना मर्सानी, जमुना अधिकारी तिमिल्सिना, दिपा कुँबर क्षेत्री र दिनेश श्रेष्ठ रहने गरि आ.ब. २०८०।०८१ का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान, विषयगत कार्यक्रम संयोजकहरुलाई मायाको चिनो, आजिवन सदस्यता प्रदान, शैक्षिक सत्र २०७८ र २०७९ मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरु लाई सम्मान गरिएको थियो । सचिव रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा पदस्थापन कार्यक्रमका संयोजक तिर्थ श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।