व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने वडा अध्यक्ष पराजुलीको प्रतिबद्धता

-


     नेपालय न्युज    
     भाद्र ३० गते २०८०


भदौ ३० पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ कार्यालय विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडा भित्रका व्यवसायीलाई कसरी सहजीकरण गरेर व्यवसायीका विभिन्न समस्याहरूलाई समाधान गर्ने विषयमा आफु गम्भीर भएर लागेको बताउदै  वडा अध्यक्ष पराजुलीले ‘राज्यलाई कर तिरेर व्यवसाय गरीरहेका व्यवसायीको दुःख, पिडा,मर्का आफुले बुझेकोले राज्यले पनि बुज्नुपर्ने बताउदै देश निर्माणमा उधोगी तथा व्यवसायीको ठुलो योगदान रहेको बताए,’।

वडा अध्यक्ष देवकृष्ण पराजुली

अध्यक्ष पराजुलीले ‘राज्यले वडा कार्यालयलाई दिएको अधिकारको सदुपयोग गर्दे आफुले व्यवसायीलाई घर वहाल कर लगाएत अन्य समस्याहरूलाई समाधान गर्नको लागी प्रतिवद्व भएर लाग्ने बताए ।

कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशव बहादुर खत्रीले ब्यवसायी साथीहरूको हकहितको लागी आफुले जस्तो सुकै त्याग गर्न तयार रहेको बताउदै आफु सधै नै ब्यवसायीको साथमा रहेको बताए ।

खत्रीले अहिले विश्व बजारमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउदै त्यसको असर पोखरामा पनि देखिएकोले अहिले व्यवसायीले दिइ राखेको घर भाडा रकम व्यवसायमा संकट आएकोले अव रकम बृद्वि गरेर दिन नसकिने बताए ।

एशोसियसनका सल्लाहकार माधव सिग्देलले देशमा अहिले देखिएको आर्थिक मन्दीको विकराल रूपले गर्दा व्यवसायीलाई बाध्यातात्मक परिस्थिति सिर्जना नगर्न वडा कार्यालय तथा घरवेटीहरूलाई आग्रह गरेका थिए ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव थमन सिह गुरूङले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिव राजु केसीले गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com