अमेरिकामा जानबी खत्रीले रचिन इतिहास

-


     नेपालय न्युज    
     भाद्र ११ गते २०८०


सिनसिनाटी, ओहायो, अमेरिका ।

नेपालबाट अन्तर्राष्ट्रिय विद्यार्थी F-1 भिसामा सुश्री जानबी खत्रीको अमेरिका आगमनको ७ दिनमै अमेरिकाको निर्वाचित अधिकारी लाई भेट्ने पहिलो नेपाली विद्यार्थी बनिन। जानबीले सिनसिनाटी, ओहायोका मेयर अफताव पुरेभल सॅंग वॅंहाकै कार्यालय अगष्ट २५, २०२३ शुक्रबार दिउॅंसो ३ बजे सिनसिनाटी शहरको सिटी हल-मेयरको बैठक कक्षमा भेट एंव छलफल भएको थियो।

उक्त भेटघाटमा मेयर पुरेभलले आफ्नो विद्यार्थी जीवनको उतार चढावका कथाहरू सुनाउॅंदै विद्यार्थीहरूको लागि सफलता हासिल गर्न फोकस, समर्पण, नियमित कक्षा उपस्थिति र विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी संघहरू सॅंग सम्बद्धता गर्दै अगाडि बढ्न सक्यो भने आफ्नो लक्ष्यमा पुग्न सकिन्छ र अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी जीवनको संघर्ष मलाई थाहा छ र तिमी त मात्र ७ दिन भएछ अमेरिकामा आएको तर अमेरिका अवसरहरूको भूमि हो त्यसैले तिमीले तिम्रो शिक्षाको मिशनको लागि हृदयबाट प्रतिज्ञा गरेर आगाडी बढ्यौं भने सजिलै आफ्नो मिशन हासिल गर्न सक्छौं, मेयर पुरेभलले भन्नु भयो।यस भेटघाट एंव छलफलमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका का अध्यक्ष सोमनाथ घिमिरे को पनि उपस्थित रहेको थियो। जानबी खत्री, विराटनगर निवासी रमेश खत्री र चन्द्रा घिमिरे खत्रीकी छोरी हुन भने सोमनाथ घिमिरेकी भान्जी हुन।

अफताव पुरेभल सिनसिनाटीका ७० औं मेयर हुन। उनी दक्षिण पश्चिम ओहायोमा हुर्केका हुन र उनले सिनसिनाटीको पहिलो एसियाली अमेरिकी मेयरको रूपमा इतिहास रचेका छन। उक्त भेटघाटमा अध्यक्ष घिमिरेले मेयर पुरेभललाई जि.पि.के. फाउण्डेशन अमेरिकाको बारेमा विस्तृत जानकारी गराएका थिए भने मेयर अफतावले फाउण्डेशनको प्रशंसा गर्दै मैले सोसियल मेडिया र ईमेल मार्फत फाउण्डेशनको गतिविधिहरु नजिकबाट नियाली रहेको छु भन्नु भयो।

उक्त भेटघाट १ घण्टा चलेको थियो। अन्त्यमा अध्यक्ष घिमिरेले मेयर पुरेभललाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

WP2Social Auto Publish Powered By : XYZScripts.com