वरिष्ठ डेउडा गायिका चॅादनी मल्ल तथा बरिष्ठ डेउडा गायक शंकरसिंह बिष्ट न्युयोर्कमा सम्मानित हुदै

-


     नेपालय न्युज    
     भाद्र ७ गते २०८०


न्युयोर्क अमेरिका,

अगष्ट २६, शनिबार सुदूर पश्चिमान्चलको महान चाड गौरा पर्ब पारेर गायिका चॅादनी मल्ल र गायक तथा संन्चारकर्मी शंकरसिंह बिष्ट सम्मानित हुदैछन्, साथै प्रवासमा रहेर नेपाली भाषामा निरन्त्रर अनलाईन तथा छापा पत्रिका मार्फत नेपाली भाषाको प्रवर्द्धन र संरक्षण गरिरहेका अमेरिका अधिराज्य भरिका १८ जना पत्रकार/प्रकाशकहरूलाई सम्मान गरिदैछ, ३१ जना प्रकासकहरूले नाम उपलब्ध गराएकयता पनि कारणबस सबै उपस्थित हुन नसक्ने भएर २० जना सम्मानित हुदैछन् ।
सुदूरपश्चिम तथा कर्णाली भेगको भाषा संस्कृति र संस्कार बटुलेर काठमाडौमा स्थापित गराउन सफल गायक/गायिकाले त्यो भेगको कला संस्कृतिलाई बिश्वको कुना कुनासम्म पुऱ्याउन सफल भएका छन्, तारा-किशन फाउण्डेसनले आयोजना गरेको “बिशेष सम्मान कार्यक्रम”मा गौरा, डेउडा र तीज सहितको भब्यकार्यक्रमको आयोजना गरिने भएकोछ । सम्मानित कलाकारहरूले
सुदूरपश्चिमको कला र संस्कृतिका झलक पनि सो कार्यक्रममा प्रस्तुत गरिने भएको छ ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com