नागरिक विधेयक अपुरो छ – पुर्व मन्त्री गिरी


     नेपालय न्युज,     
     भदौ ५ गते २०८०


न्यूयोर्क ।  नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको स्वागत सम्मान तथा भेटघट कार्यक्रमा प्रमुख अथिती नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधि सभाका सदस्य एवम नेपाल सरकारका पुर्व मन्त्री माननीय श्री दिपक गिरीले भरखरै पारित भएको नागरिक विधेयक गैर आवसीय नेपालीका निमित्त अपुरो भएकोले नीति नियम र कानुन बनाएर भएपनि पुर्णता दिनका लागि आफुले सधनमा आवाज उठाउने कुरा राख्दै, विदेशमा बस्ने नेपालीको हक अधिकारको पक्षमा आफूले सधैं संसदमा आवाज बुलन्द गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मरिज जस्तो खुम्चिएको जनसम्पर्क समितिले व्यवस्थित भएर गैर आवसीय नेपालीहरूको अधिकारको लागि आवाज उठाउनु पर्ने सुझाव दिदै, नेता गिरिले संगठनलाई व्यवस्थित गराउने कुरामा आफूले पार्टी नेतृत्वसंग कुरा राख्ने बताए ।

कार्यक्रम समापन गर्ने क्रममा अध्यक्षता गर्नुभएका नेपाली जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङले प्रवासमा बस्ने नेपालीको हक अधिकार र मुलुकको समृद्धीमा टेवा पुग्ने काम गर्नका लागि पार्टीले बिश्वभरका जनसम्पर्क समितिहरूलाई चलयमान गराउनु पर्ने धारणा राख्दै, त्यसका लागि अन्तराष्ट्रिय कमिटिको आवश्यक भएको र पार्टीको केन्द्रीय सदस्यमा महादेश अनुसार केन्द्रीय सदस्य चयन गरेर जनसम्पर्क समितिलाई थप उर्जाका साथ व्यवस्थित र चलयमान बनाउन सकिन्ने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव विल्कुल ठिक भएको कुरा बताए ।


प्रवासमा बस्ने नेपालीहरको लागि चाडै मताधिकारको व्यवस्था सरकाले मिलाउनु पर्ने कुरामा जोड दिदै, महासचिव नेम्बाङले समानुपातिक निर्वाचन प्रणाली भएसम्म प्रवासमा जनसम्पर्क समितिलाई पार्टीले अझ बलियो र चलयमान बनाउनु पर्नेमा जोड दिए । एक प्रश्नको उत्तर दिदै महासचिव नेम्बाङले , आफूहरू समितिको निर्वाचन गराउन कहिल्यै बाधक नभएको र पार्टीले निर्देशन दिए या चाहेमा तुरून्तै निर्वाचन हुने कुरा समेत प्रष्ट पारे ।


न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न भएको उक्त कार्यक्रममा मन्तव्य राख्नुहुने अन्य बक्ताहरूमा , समितिका सल्लाहकार डा. बिनोद शाह, समितिका संस्थापक सदस्य एवं इन्द्रावती गाउपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ, जनसम्पर्क समितिका अग्रज नेता श्याम काजी गुरूङ, एनआरएन आइसिसिका सचिव प्रतिक गुरूङ, कांग्रेस नेतृ गोमा सेन, प्रध्यापक डा. गोविन्द कोइराला , जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अमिर जोशी, राप्ति समाजका अध्यक्ष, केशव बस्नेत, जनजाति महासंघ अमेरिकाका कोषाध्यक्ष तुल ब. तामाङ, युक्राका संरक्षक केशव राई, हामी नेपाली ग्वोबल न्यूयोर्क च्याप्टरका अध्यक्ष ध्रुव कुवर, नेपाल आई भिजनका अध्यक्ष, मोहन श्रेष्ठ, कांग्रेस युवा नेता शिभ फागो, नेका महाधिवेशन प्रतिनिधी हिकमत लिम्बु , एनआर एन न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, नेका युवा नेता एवम एनआरएन न्यूयोर्क च्याप्टरका पुर्व सचिव डण्ड मणी लामिछाने लगायत थिए ।
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्लले संचालन गरेको उक्त स्वागत सम्मान तथा भेटघाट कार्यक्रमा जनसम्पर्क समिति अमेरिकाका कृयाशिल सदस्य तथा तरूण विभाग अमेरिकाका सचिव सुवास केसीले स्वागत मन्तव्य राखेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com