कसरी संभब भयो फोहोर व्यबस्थापन


     नेपालय न्युज,     
     साउन २३ गते २०८०


पोखरा २३ श्रावण ।
बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए । मंगलबार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको हो ।
फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् ।
आचार्य र संघर्ष समितिसँगको बार्ता निष्कर्शमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई संयोजन गर्ने गरी तोकेको थियो । आफुहरुले जिम्मेवारी पाए लगत्तै थापा र अधिकारीले संघर्षसमितीसँग बार्ता र सम्बादको प्रक्रिया अगाडी बढाएका थिए ।
समस्या समाधानका लागि वडाध्यक्ष थापा र अधिकारीले स्थानिय सरोकारवालासँग महानगरले पटकपटक गरि बिगतमा गरेको गल्तीको क्षमा याचना गर्दै, त्यसलाई सच्च्याएर नयाँ सम्झौता गरि अगाडी बढ्नका लागि आग्रह गरेका थिए ।
अध्यक्ष थापा र अधिकारीले उच्च अदालत पोखराको आदेशलाई शिरोधार्य गर्दै अर्को फैसला नआउन्जेल सम्मको लागि फोहोर व्यबस्थापनको बातारण तयार गरिदिन सरकोरवालाहरुसँग आग्रह गरेका थिए । महानगरबाट संयोजनको भूमिका पाएका अध्यक्ष थापा र अधिकारीले सरोकारवालाहरुसँग पटकपटक सहजिकरण र वार्ता गरिरहेका थिए । बिगतमा पनि महानगरले सम्झौता गरेर कार्यन्वयन नगरेको भन्दै आक्रोशित स्थानियलाई थापा र अधिकारीले अबका दिनमा सम्झौता कार्यन्वयन गराउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता राखेका थिए ।
सोमबार स्थानियसँग बसेको बैठक सहमति नजिक पुगेपनि अन्तिममा केहि स्थानियले बिरोध जनाएपछि पुन बस्ने गरि बार्ता सकिएको थियो । स्थानियलाई थापा र अधिकारीले बार्ता र सम्बाद पनि जारी रहने र फोहोर मैला व्यबस्थापनको बाताबरण पनि तयार गरिदिन आग्रह गरेसँगै फोहोर व्यबस्थापन कार्य सहज भएको हो ।
केहिदिनबाट व्यबस्थापन हुन नसकेको फोहोर व्यबस्थापन भएपनि बार्ता र संबादको प्रक्रिया भने नरोकिएको पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य नरेन्द्र थापाले बताए । थापाका अनुसार फोहोर व्यबस्थापन गर्नु भनेको स्थानियलाई बेवास्ता गर्नु होईन बरु जनताको समस्याहरुको सुनुवाईको लागि झन बढि जिम्मेबार भएर समस्या समाधान गर्न लाग्नु हो । थापाले भने –‘हामी आज पनि स्थानियहरुसँग छलफल गर्ने बातावरण गरिरहेका छौँ । बिभिन्न चरणको छलफलमा नै छौँ । हामी स्थानियहरुको समस्या समाधान गर्न गम्भिर छौँ ।
महानगरले बिगतमा गरेका गल्तिहरुबारे माफि मागिरहेका छौँ । आगामी दिनमा यस्ता गल्ति नगर्ने प्रतिबद्धता गरेका छौँ । हामी जनताको समस्या समाधानका लागि लचिलो छौँ । संसारमा ठुलाठुला समस्याहरु त सम्बादको मार्फत हल भएका छन् । यो समस्या हल नहुने कुरा नै भएन । फोहोर व्यबस्थापन गर्दा कुनै अप्रिय घटना नहोस भनेर हामीेले प्रशासनसँग सहकार्य गरिरहेका छौँ । यसले आगामी दिनमा समस्याको गाँठो फुकाउन सहयोग गर्ने कुरामा ढुक्क छु । यहाँ कसैको हारजितको बिषय नै छैन । स्थानिय जनताको पनि समस्या हल हुने र फोहोर पनि व्यबस्थापन हुने गरि समस्याको हल हुनेका कुरामा म ढुक्क छु । ’
अध्यक्ष थापाले मंगलबार २९ वटा गाडीबाट फोहर व्यवस्थापन भएको र स्थानीयहरुको शालिनता र सुजबुझले झडप हुनबाट जोगिएको उल्लेख गरे । उनले भने—उहाँहरुले संघर्ष पनि गरिरहनु भएको छ, तर फोहर फाल्न बल प्रयोग गर्ने अवस्था सिर्जना गर्नु भएको छैन, यसले वार्ता सकरात्मक हुन्छ भन्नेमा विश्वस्त छौं ।

WP2Social Auto Publish Powered By : XYZScripts.com