
पोखरा ,
यस वर्षको तायाःमचा प्रतियोगीता रानीपौवामा हुने भएको छ । प्रतियोगिताको तयारी स्वरुप सचिवालयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । पोखराका सवै नेवार सुमुदायअन्र्तगतका टोल टोलका सस्थाहरुले सो प्रतियोगितामा भाग लिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे जानकारी दिए । सचिवालयको उद्घाटन गर्दै नेवाखलःकास्कीका अध्यक्ष पालिखेले तायामचाःप्रतियोगीताको तयारी तिव्र पारीएको वताए ।
नेवारी सस्कृतीको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको पनिअध्यक्ष पालिखेको भनाई रहेको छ । नृत्य ननिस्क्ने ठाउँहरुमा तायामचाको नृत्य निस्कीयोस भनेर नेवाखलःकास्कीको सहयोगमा विभिन्न स्थानका नेवार समुदायहरुलाई वाजाको पुरा सेट समेत हस्तान्तरण गरिएको थियो ।
प्रतियोगीताको प्रथम पुरस्कार ३ लाख ३३ हजार ३ सय ३३ रहेको समेत अध्यक्ष पालिखेले बताए ।
तायाःमचा नृत्य प्रतियोगताका मुख्य सयोंजक ईश्वर कर्माचार्यले करिव २५ टिमले सहभागी जनाउने जानकारी दिए । कार्यक्रम भदौ १६ गते शनिवार रानिपौवामा हुने छ । यस अघि नेवा खल कास्कीले तायाःमचा सामाग्री नभएको टोलहरुमा वाजा समेत हस्तान्तरण गरेको थियो ।
भाद्र १४ गते आआफ्नो टोलमा प्रर्दशन गरेर प्रतियोगीतामा सहभागीता रहने संयोजक कर्माचार्यले जानकारी दिए ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले तायाःमचा पहिलो जस्तो नरहेको वताए । नाचमा चाहीने कुराहरुमा कमी आएको प्रति चिन्ता लागेको व्यतm गरे । उनले नाचमा टाउको कसरी हल्लाउने कसरी राग वजाउने र मौलीक शैलीमा ध्यान दिन आग्रह गरे ।