एनआरएनए मकाउको अध्यक्षमा श्रेष्ठ

-


     नेपालय न्युज    
     श्रावण १० गते २०८०


गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मकाउको आठौं अधिवेशनबाट आगामी कार्यकाल २०२३–०२५ का लागि अध्यक्षमा भीमसेन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्ष निरञ्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिंह सुनार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा अमृत गुरुङ सचिवद्वयमा रविन्द्र महर्जन र धिरेन्द्र सिटौला, कोषाध्यक्षमा दीपक तामाङ, सह–कोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल र महिला संयोजकमा सञ्जु नगरकोटी निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सचिन कपाली, दिलिप खड्का, हर्कजंग गुरुङ, सन्दीप पनेरु, मणि गुरुङ, डिल्लीबहादुर खड्का, सम्झना भुसाल, अमृत ​​गौतम, सन्तोष रिजाल र सुमन तामाङ निर्वाचित भएका छन् ।

नेपाली महावाणिज्य दूतावास हङकङ मकाउका वाणिज्यदूत उदयबहादुर राना मगरले अधिवेशनको उद्‌घाटन गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com