एनआरएनए अमेरिकाको अध्यक्षमा बन्जाडे बिजयी

-


     नेपालय न्युज    
     श्रावण ८ गते २०८०


अमेरिका । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद्(एनसिसि), अमेरिकाको  अध्यक्षमा डा. अर्जुन बन्जाडे बिजयी भएका छन।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार डा. बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्न सफल हुँदा प्रतिस्पर्धी डिलु पराजुली ४ हजार ८ सय ६ मत पाएका थिए ।

निर्वाचन मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष पदमा विकाश उप्रेति विजयी भएका छन्। उनले ४ हजार ९ सय ४५ मत प्राप्त गरेर आफ्ना प्रतिस्पर्धी अन्जन कुमार चौलागाईलाई (४,७३५)पराजित गर्न सफल भएका छन्। संस्थाको विधान अनुसार ४ जना राष्ट्रिय उपाध्यक्ष पदका लागि ९ जना चुनावी मैदानमा उत्रिएकोमा, भानु खरेल(४,३३५), प्रेम तामाङ(३,९०५), ज्ञानेन्द्र गुरुङ (३,८२६) र नेत्र पाण्डे(३,४१०) निर्वाचित भएका छन्। राष्ट्रिय महिला उपाध्यक्ष पदमा सुनिता सापकोटा कंडेलले विजयी भएकी छिन्। ४ हजार ९ सय ५९ मत प्राप्त गरेर उनले ४ हजार ९ सय २९ मत प्राप्त गर्ने सुन्दरी गुरुङलाई पछि पार्न सफल भएकी हुन्। युवा उपाध्यक्ष पदमा भने अनुप खनाल विजयी भएका छन्। उनले ३ हजार ७ सय २१ मत प्राप्त गरेर आफ्ना दुइ प्रतिस्पर्धी रामचन्द्र (३,२६४) र त्रिभुवन पाण्डे(२,७०६)लाई पराजित गर्दै जित हात पारेका हुन्।

निर्वाचन मत परिणाम अनुसार महासचिव पदमा रामहरि अधिकारीले बिजयी भएका छन्। उनले ५ हजार १ सय ९७ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी गोपेन्द्र भट्टराई ४ हजार ४ सय ३९ मत पाएका थिए ।  राष्ट्रिय सचिव पदमा दिपक सापकोटाले ४ हजार ५१ मतसहित आफ्ना प्रतिस्पर्धीहरु द्वय एक देव एस शर्मा (३,४७७) र विश्व सुवेदी(१,८९३)लाई पराजित गरेर विजयी हुन सफल भए। राष्ट्रिय महिला सचिव पदमा भने शान्ति पौड्यालले आफ्नो प्रतिस्पर्धी उर्मिला श्रेष्ठलाई पराजित गर्दै जित हात पारिन्। मतदाताहरुले पौड्याललाई ५ हजार ३ सय ९८ मत र श्रेष्ठलाई ४ हजार १ सय ६७ मत दिएका थिए। यसैगरी राष्ट्रिय कोषाध्यक्ष पदमा सरोज सिग्देल ४ हजार ६ सय ९४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी अमित शर्माले भने ४ हजार ६ सय ५४ मत मात्र प्राप्त गरेका छन्। सह कोषाध्यक्ष पदमा भने दिवाकर पाण्डे(४,६९१ )ले रवि सिंह बस्नेत(४,५७५ )लाई पराजित गर्दै जित हासिल गर्न सफल भएका छन्। राष्ट्रिय युवा संयोजकमा तेज पौडेल (४,९६६) र राष्ट्रिय महिला संयोजक पदम सुनिता खत्री(४,८९१) चयन भएका छन्। पौडेलले आफ्नो प्रतिस्पर्धी विकी थापा (४,५३९) र खत्रीले मुना तिवारी(४,५६०)लाई पराजित गर्न सफल भएका हुन्।

यसैगरी, खुला तर्फ ८ राष्ट्रिय बोर्ड सदस्य(बोर्ड अफ डाइरेक्टर) पदका लागि भएको प्रतिस्पर्धामा २० जना उमेदवारहरु चुनावी मैदानमा आमनेसामने भएका थिए। जस मध्य डाक्टर गंगाधर आचार्य(४,६८०), बल राइ(३,७२२),बिष्णु बराल(३,५०२), निमा शेर्पा(३,२८५), बासुदेव भाट(३,२५१), लक्ष्मण दर्लामी(२,९०१), मोहन कुसारी(२,८८७) र नवराज न्यौपाने(२,६४७) चयन हुन सफल भएका छन्। ४ महिला बोर्ड अफ डाइरेक्टर पदका लागि भने ९ जना प्रतिस्पर्धामा उत्रिएका थिए। जस मध्य दुर्गा तिवारी(४,३६७) रितादेवी प्रधान(३,५३५), सृजना शर्मा(३,३७८) र सरस्वती शर्मा(३,२७०) निर्वाचित भएका छन्।

यसैगरी, ४ क्षेत्रीय समितिको अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा, विष्णु खत्री(१,१३०-पश्चिम),आङ टि शेर्पा( १,७६२-उत्तर-पूर्व) , मोहन न्यौपाने(२,२२५-दक्षिण) र महेन्द्र बस्नेत(४८३- मध्यपश्चिम) चयन भएका छन्। विधान अनुसार ८ जना आइसिसि सदस्यहरु चयन गर्नु पर्नेमा ११ जनाको उमेदवारी परेको थियो। जस मध्य प्रबिन केसी(५,१००), क्षेत्र के गुरुङ(४,८०३), पदम बहादुर ठकुराठी(४,४६८), टंकराज रेग्मी(४,२७८), गोबिन्द कुमार श्रेष्ठ (४,१६८) , उत्तम कुमार कार्की(४,०८२), डोलनाथ घिमिरे(४,०१५) र दुर्गेश जंग कार्की(४,०१२) चयन हुन सफल भएका छन्।

निर्वाचनको परिणाम सार्वजनिक भए लगतै अध्यक्ष पदमा विजयी भएका डाक्टर अर्जुन बन्जाडेले आफ्नो अमुल्य मतदान गरेर विजयी गराउने मतदाताहरुलाई बिशेष धन्यवाद दिएका छन्।

हार्दिक आभार
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति, अमेरिकाको भरखरै सम्पन्न निर्वाचनमा भाग लिनुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
यस निर्वाचन प्रक्रिया मार्फत मलाई एनआरएनए एनसीसी अमेरिकाको अध्यक्ष पदमा विजय गराउन मतदान गर्नु हुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।
कुनै पनि जीवन्त संस्थामा ‘निर्वाचन’ एक प्रजातान्त्रिक प्रक्रिया भएकोले यस प्रक्रियामा भाग लिएर विजेता तथा उपविजेता बन्नुहुने सम्पूर्ण उम्मेदवारहरू, एवं सदस्यहरूको सक्रिय सहयोग एवं योगदानबाट नै यो संस्थामा संस्थागत रूपान्तरण सम्भव छ। “परिवर्तन अपरिहार्य छ” भन्ने मूल मन्त्रमा साथ दिनुहुने हाम्रा सम्पूर्ण उम्मेदवार साथीहरू लगायत यस निर्वाचन अभियानमा हातमा हात, काँधमा काँध मिलाएर मलाई साथ दिनुहुने सम्पूर्ण सहकर्मी मित्रहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस एनआरएनए अभियानलाई सार्थक बनाउन अध्यक्षका प्रत्याशी मेरा आदरणीय मित्र डिलु पराजुलीलाई पनि साथै लिएर अगाडी बढ्ने कुरामा विश्वस्तता दिलाउन चाहन्छु। यो जीत कुनै एक व्यक्ति वा कुनै एक टिमको जीत भन्दा पनि “पारदर्शी, समावेशी एवं विश्वसनीय” अभियानको जीत भएको। अन्तमा, यहाँहरूको मतको उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकामा बसोबास गर्नु हुने सम्पूर्ण गैर आवासीय नेपाली आमा-बुवा, दाजु-भाइ, दिदी-बहिनीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु।
भवदीय,
डा. अर्जुन बन्जाडे
नवनिर्वाचित अध्यक्ष (२०२३-२०२५)
गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय समिति, अमेरिका

 

WP2Social Auto Publish Powered By : XYZScripts.com