पोखरा उद्योग वाणिज्य संघको हङकङ प्रतिनिधिमा अरुणा गुरुङ नियुक्त

-


     नेपालय न्युज    
     श्रावण ६ गते २०८०


पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले अरुणा गुरुङलाई मानार्थ हङकङ प्रतिनिधि नियुक्त गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघको निर्णय अनुसार एनआरएन हङकङकी सल्लाहकारसमेत रहेकी गुरुङलाई प्रतिनिधिको जिम्मेवारी प्रदान गरेका हुन् ।

अब अरुणाले नेपाल च्याम्बर अफ कमर्स हङकङ तथा अन्य च्याम्बरले आयोजना गर्ने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्ने छिन् । भगिनी सम्बन्ध कायम रहेको नेपाल च्याम्बर अफ कमर्ससँग सहकार्य गर्न अरुणाले विशेष भूमिका निर्वाह गर्ने अध्यक्ष प्रजापतिले जनाए ।

यसअघि अध्यक्ष प्रजापतिसहितको प्रतिनिधि मण्डलले नेपाल च्याम्बर अफ कमर्सं हङकङको १५ औं वार्षिकोत्सवमा विशेष अतिथिको रुपमा सहभागिता जनाएका थिए । सो अवसरमा आपसी सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com