फिफा महिला विश्वकप-२०२३ को विजेताले कति पाउँछन् पुरस्कार ?

-


     नेपालय न्युज    
     श्रावण ४ गते २०८०


नवौं संस्करणको फिफा महिला विश्वकप भोलि (जुलाई २०) देखि शुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्यान्डमा एक महिनासम्म सञ्चालन हुने उक्त प्रतियोगिता अगस्ट २० सम्म चल्नेछ । प्रतियोगिता यी दुई देशका ९ सहरका १० रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगिता अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा र न्यूजिल्याण्डको अकल्याण्ड, वेलिंगटन, डुनेडिन र ह्यामिल्टनमा हुनेछ ।

विजेताले कति पाउँछन् पुरस्कार ?

महिला विश्वकप फुटबल विजेताले ११० मिलियन डलर (१४ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी) पाउनेछन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२३ महिला विश्वकपको पुरस्कार रकम ११० मिलियन डलर हुने घोषणा गरेका थिए । त्यसअघि २०१९ जुनमा पुरस्कार राशि ३० मिलियन डलर हुने बताइएको थियो ।

घोषित नयाँ पुरस्कार राशि पनि पुरुष विश्वकप फुटबल–२०२२ को विजेताले पाएको पुरस्कार राशिभन्दा निकै कम हो । पुरुष विश्वकप फुटबल–२०२२ को विजेता अर्जेन्टिनाले ४४० मिलियन डलर पुरस्कार पाएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com