त्रिशक्ती दुर्गा भगवती मन्दिर परिसरमा शिवजीकोे मुर्ति प्राण प्रतिष्थापन

-


     नेपालय न्युज    
     असार ३० गते २०८०


पोखरा ।
पोखरा महानगरपालिका ११ जयकोट सामुदायिक बन भित्र कार्की डाडामा रहेको त्रिशक्ती दुर्गा भगवती मन्दिर परिसरमा शिवजीकोे मुर्ति प्राण प्रतिस्थापन गरिएको छ ।
शनिवार मन्दिर परिसरमा महादेवकोे मुर्तिलाई प्राण प्रतिष्थापन गरिएको हो । पोखरा महानगरपालिका १२ चापापानी निवासी मान कुमारी कार्कीले स्वर्गीय सासु ससुरा मनवीर कार्की तथा धर्मपत्नी स्वः सिर कुमारी कार्कीको स्मृतिमा सात लाख सात हजार चार सय अठासी रुपियाको सयोगमा मन्दिरमा मुर्तिको प्राण प्रतिष्थापन गरिएको हो ।
त्यस अवसरमा नव निर्मित महेश्वराय महादेव शिवजीको मन्दिर अक्षयकोषको लागी मान कुमारी कार्की, चन्द्र कुमारी कार्की,गंगा कुमारी कार्की तथा बन्दना के.सीले एकाउन्न हजारका दरले तथा स्वर्गीय मनवीर कार्कीका ज्वाई नातिनीहरुबाट समेत गरी तिन लाख छतीस हजार छ सय बैसठी रुपिया अक्षयकोषको लागी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुर्व एस पि नरेश वहादुर कार्कीलाई हस्तान्त्रण गरीएको थिए ।
त्रिशक्ती दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुर्व एस पि नरेश वहादुर कार्कीले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउदै मन्दिरको विकासको लागी सयोग गर्ने सवैमा धन्यवाद प्रकट गरे ।
शिजजीकोे मुर्ति प्राण प्रतिस्थापन गर्नुअघि भजन किर्तन सहित गण्डकीमा शिलालाई स्नान गराई विधिवत रुपमा पुजा गराई भक्तजनहरुको उपस्थितिमा मुर्तिको प्राण प्रतिस्थापन गराइएको थियो । बिशेष गरि त्रिशक्क्ती दुर्गा भगवतीको पुजा आराधना हुने सो मन्दिरमा यसअघि पनि बिभिन्न देवि देवताहरुको प्राण प्रतिस्थापन गरिसकेका छन् । सो मन्दिरमा बिशेषगरि बडादशैको बेलामा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com