पोखरा।
कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यहरूलाई दुईदिने सेल्फ मेकअप सम्बन्धि तालिम सम्पन्न गरेको छ । पर्यटन तथा उधोग कार्यालय कास्कीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
तालिममा वोल्दै पर्यटन तथा उधोग कार्यालयका प्रमुख तथा उधोग अधिकृत शेषकान्त पौडेलले व्यवसायीलाई थप उद्यमशिल बनाउन कार्यालयले बिभिन्न तालिम सञ्चालन गरेको बताउदै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्ने व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघकी उप महासचिव शोभा गौतमले महिला व्यवसायीलाई उद्यमी बनाउन तालिम उपयोगी हुने बताईन । कार्यक्रममा कस्मेटिक व्यवसायी संघ कास्कीका सस्थापक अध्यक्ष तथा सल्लाहकार विष्णु वास्तोला संघका निर्वतमान अध्यक्ष प्रेम सुवेदी प्रशिक्षक दीया तामाङ पर्यटन तथा उधोग कार्यालयका अधिकृत कमल केसी लगाएतले बोलेका थिए ।
कस्मेटिक व्यवसायी संघ कास्कीकी अध्यक्ष दुर्गा बरालको अध्यक्षतामा भएको कार्यक्रममा कस्मेटिक व्यवसायी संघ कास्कीका प्रथम उपाध्यक्ष लक्ष्मण आचार्यले स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा द्वितीय उपाध्यक्ष सरू बरालले धन्यवाद ज्ञापन तथा महासचिव महेन्द्र पौडेलले कार्यक्रम सन्चालन गरेका थिए । तालिममा ४४ जना महिला कस्मेटिक व्यवसायीहरूको सहभागिता रहेको थियो ।