
पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एशोशियसन पोखराले आफ्ना व्यवसायीलाई कर तथा लेखा तालिम दिएको छ ।
तालिममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशव वहादुर खत्रीले आफ्ना व्यवसायी व्यवसायीलाई जरिवानाबाट बच्न सकियोस् भन्ने उद्देश्यले कर सम्बन्धी तालिमको आयोजना गरिएको बताउदै सिकेका कुरालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अाफु विश्वत रहेको बताए ।खत्रीले आफु सदैव व्यवसायीको हक हितको लागी लडिरहने बताउदै व्यवसायीको अन्याय अत्याचारको विरूद्वमा वोल्दा कसैको डर धम्कीले आफुलाई व्यवसायीको पक्षमा वोल्न नरोक्ने बताए ।
तालिममका प्रशिक्षकहरू एवं कर अधिकृतहरू अपिल सिग्देल तथा विमल थापाले करबाट व्यवसायीले दुःख नपाउन् र करको बारेमा जानकारी नभएर जरिवाना तिर्नबाट जोगिउन् भन्ने नै तालिमको मुख्य उद्देश्य रहेको बताए ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव वहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत मन्तव्य राखेका थिए भने एशोसियसनका महासचिव बुद्वि वहादुर कुँवरले कार्यक्रम सन्चालन गरेका थिए ।