अमेरिकामा कोभिड महामारीको राहत कोष दुरुपयोग, २ खर्ब डलरभन्दा बढी हेरफेर !


     नेपालय न्युज,     
     असार १४ गते २०८०


अमेरिकामा कोभिड महामारीबाट सर्वसाधारण र व्यवसायहरूलाई राहत दिन भनेर ल्याइएको कार्यक्रममा व्यापक दुरुपयोग भएको छ । सो कार्यक्रममा २ खर्ब डलरभन्दा बढी रकम हेरफेर भएको एसबीएको महानिरीक्षकको कार्यालयको एउटा प्रतिवेदनले देखाएको छ ।

अमेरिकाको साना व्यवसाय प्रशासन (एसबीए)ले राहत कोषको रकम वितरणका प्रक्रियाहरू निकै सजिलो र खुकुलो बनाएको थियो ।

यस्तोमा कोरोना भाइरस आर्थिक चोट विपद् कर्जा (ईआईडीएल) र पेचेक सुरक्षण कार्यक्रम (पीपीपी) योजनाको कूल रकमको कम्तीमा १७ प्रतिशत रकम नपाउनेले पाएको प्रतिवेदनले देखाएको छ । महामारीको बेलामा एसबीएले ईआईडीएल र पीपीपी योजनाअन्तर्गत १२ खर्ब डलर बाँडेको थियो ।

यसमध्ये २ खर्ब डलर नपाउनु पर्नेले पाएको बताइएको छ । अहिले अमेरिकाले सरकारी सहायता कार्यक्रममा भएको धोकाधडीका मामिलाहरूबारे छानबिन गरिरहेको छ । कोरोना भाइरसको महामारीका बेलामा बेरोजगारी भत्ता कार्यक्रममा मात्रै ४५ अर्ब ६० करोड डलर ठगिएको श्रम मन्त्रालयको महानिरीक्षकले बताएका थिए ।

महामारीको बेलामा भोकभोकै बस्न बाध्य बालबालिकाहरूलाई खाना खुवाउन भनेर शुरु गरिएको सरकारी सहायता कार्यक्रमबाट २५ करोड डलर झुक्काएर लिएको भन्दै संघीय अभियोजनकर्ताहरूले दर्जनौंमाथि अभियोग लगाएका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com