ज्याक माको नेपाल कनेक्सन : ५ वर्षअघि किनेका थिए ‘दराज’

-


     नेपालय न्युज    
     असार १२ गते २०८०


चिनियाँ अर्बपति ज्याक मा नेपालमा आएसँगै उनको व्यवसायिक कनेक्सनलाई लिएर चासो बढेको छ।

ज्याक मा संस्थापक रहेको अलिबाबा विश्वचर्चिचत कम्पनी हो। त्यही कम्पनीले नेपालमा पनि सपिङ अनलाइन कम्पनी दराज खरिद गरेको थियो।

दराज सपिङ अनलाइन कम्पनी पाकिस्तानमा सन् २०१२ मा स्थापना भएको थियो।

ई–कर्मश प्लाटफर्मका रुपमा स्थापित भएको दराज नेपालमा पनि बहुचर्चित छ।

५ वर्षअघि अलिबाबाले ई-कमर्श कम्पनी दराजलाई प्राप्ति गरेको थियो।

तर अलिबाबा ग्रुपले खरिद गर्नुअघि दराज नेपाली बजारमा प्रवेश गरिसकेको थियो।

हाल दराज पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, म्यानमार, नेपाल लगायतका देशमा सञ्चालित छ।

अलिबाबा ग्रुपले प्राप्ति गरेपछि पनि दराजले पुरानै ब्रान्डमा ई–कमर्शको कारोबार गर्दै आएको छ।

अलिबाबाका उनै खर्बपति मालिक ज्याक मा को नेपाल मंगलबार नेपाल आएसँगै व्यवसायीहरुले पनि चासो देखाएका छन्।

नेपाल आएका ज्याक मा ले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने भएका छन्। त्यसका लागि उनको टीमले समय मागिसकेको छ।

उनी बिहीबार नै चितवन घुम्न जाने कार्यक्रम पनि रहेको बताइएको छ। ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटलमा रहेन छन्।

उनी चितवनको मेघौली रिसोर्टमा पनि जाने कार्यक्रम रहेको बताइएको छ। उनलाई मंगलबार नै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पनि भेट्दैछन्।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीको ज्याक मा सँग निकट सम्बन्ध छ। तर पनि भेटघाट कार्यक्रम तय भइनसकेको चौधरी ग्रुपका अधिकारीले बताएका छन्।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com