वाइडेन-मोदी वार्ता : अमेरिकाले लडाकु विमानको इन्जिन भारतमा बनाउने सहमति

-


     नेपालय न्युज    
     असार ९ गते २०८०


नयाँ दिल्ली । अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ । अमेरिका र भारतबीचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।

अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

मोदी र अमेरिकी राष्ट्रपति जो वाइडेन बीचको भेटवार्ता पछि दुवै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको हो ।

मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com