कुल प्रसाद गुरुङले गरे टिमसहित एनआरएनए मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेद्वारी घोषणा

-


     नेपालय न्युज    
     असार ८ गते २०८०


गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा  कुल प्रसाद गुरुङले आफ्नो टिम सहित अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

उनले आफ्नो फेसबुक वालमा लेखेर उमेद्वार बन्ने घोषणा गरेका हुन् । मेरिल्याण्डका विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका गुरुङ च्याप्टरमा अहिले सल्लाहकार छन् ।

गुरुङ मेरिल्याण्ड च्याप्टरमा मेम्बरसीप ड्राईभका बेला पनि अति नै सक्रिय रहेको बताईन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्टिय परिषद अमेरिकाको निर्वाचन जुलाइ १६ र १७ तारिखमा हुदै छ ।

कुल प्रसाद गुरुङले उमेद्वारी घोषणा गर्दै यस्तो लेखेका छन् :

नमस्ते,
आदरणीय मेरिल्याण्डबासी नेपाली बुवा आमा, दाजुभाई तथा दिदीबहिनीहरु
“निःस्वार्थ,निष्पक्ष,समान,समाज सेवाको निरन्तरता अग्रज,अनुभवीको साथमा यूवाको जोश जांगर” एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा यहाँहरू सबैको सल्लाह, सुझाव, साथ र सहयोगको अभिलाषा बोकेर लामो सामाजिक कार्यको अनुभव र यूवा जोशसहित मेरिल्याण्ड च्याप्टरलाई हामी सबै मेरिल्याण्डबासीको साझा संस्था बनाउने , एनआरएनएको उद्देश्य, मूल्य र मान्यतालाई समुदायसम्म पुर्याउने साथै एनआरएनएलाई सबै नेपालीले “हाम्रो र राम्रो” भन्न सकुन्न भन्ने उद्देश्यका साथ वर्ष 2023-2025 कार्यकालको लागि समाजमा केही योगदान दिऊ भनि यूवा जोशले भरिपूर्ण यूवा तथा महिला टिम सहित उम्मेदवारी दिने निर्णय गरेको छु ।सम्पूर्ण टिमलाई भोट गरि विजय गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
कुल प्रसाद गुरुङ
अध्यक्ष पदको उमेदवार
एनआरएनए मेरिल्याण्ड च्याप्टर
WP2Social Auto Publish Powered By : XYZScripts.com