मोदीले बाइडेनलाई दिए सुनको दश दान

-


     नेपालय न्युज    
     असार ७ गते २०८०


अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नीलाई चन्दनबाट तयार पारिएको शानदार बाकसमा २४ क्यारेट सुनको सिक्का र ७.५ क्यारेटको हरियो हीरा उपहार दिएका छन् ।

बुधवार राष्ट्रपति निवास ह्वाइट हाउसमा आयोजित निजी भोजमा मोदीले राष्ट्रपति बाइडेनलाई सुनको दश दान दिएका थिए । प्रथम महिलालाई ल्याबमै बनाइएको ७.५ क्यारेटको हरियो हीरा दिएका थिए ।

समाचार संस्था एएनआईका अनुसार राजस्थान जयपुरका एक शिल्पकारले चन्दनको काठबाट बाकस बनाएका थिए । सो बाकसमा चाँदीको दियो, चाँदीबाट बनेको गणेशको मूर्ति राखिएका थिए ।

बाकसमा श्लोकसहितको ताम्रपत्र पनि थियो । बाइडेनलाई दिएको उपहारमा सेतो तिलको दाना, चन्दनको धुलो, चाँदीको हस्तनिर्मित नरिवल, घ्यू, लङ्गग्रेन चामल, सख्खर, चाँदीको सिक्का र नुन पनि रहेको बताइएको छ । मोदीले बाइडेनलाई दिएको दश दानमा उपनिशनदको १० सिद्धान्तको पहिलो संस्करणको प्रतिलिपि पनि भएको बताइएको छ ।

बाइडेनले भने मोदीलाई २० औं शताब्दीको शुरुमा हातले बनाइएको प्राचीन अमेरिकी बूक ग्याले दिएको बताइएको छ । प्रथम महिलाले भने मोदीलाई रोबट फ्रर्ष्टको संकलित कविताहरूको पहिलो संस्करणको प्रतिलिपि दिएकी थिइन् ।

उक्त डिनर कार्यक्रममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र भारतीय समकक्षी अजित डोभल पनि सहभागी थिए । मोदी मंगलवार तीन दिन भ्रमणमा अमेरिका गएका थिए । बाइडेनको ८१ औं जन्मदिनको केही महीनाअघि मोदीले उनलाई हस्तनिर्मित चाँदीको बाकसभित्र चाँदीको दश दान दिएका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com