
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईलाई धरौटीमा छाड्न भन्दै दुईबाहेक अन्य अभियुक्तहरूलाई थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिँदा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। १६ जनालाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइनेछ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा रायमाझी, खाण, पाण्डे, भुटानी शरणार्थीका नेता एकनाथ रिजालसहित ३० जनालाई मुद्दा चलाएको थियो ।
उनीहरूविरूद्ध २०८० जेठ ११० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो।
यो प्रकरणमा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी प्रहरीमा २२ वटा जाहेरी दिएका थिए।