‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ शब्द नहटाए काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने मेयर शाहको चेतावनी

-


     नेपालय न्युज    
     जेठ ३२ गते २०८०


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलिचित्र ‘आदिपुरुष’मा समेटिएको शब्दप्रति आपत्ति जनाएका छन्। चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ शब्द नेपालमा मात्रै नभई भारतमा पनि सच्याउनुपर्ने मेयर शाहको भनाइ छ।

उनले सो शब्द नसच्याएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका छन्।

साथै, सो शब्द सच्याउन उनले ३ दिनको समय पनि दिइएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ मेयर शाहले भनेका छन्, ‘यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस्।’

मेयर शाहले अखण्ड भारत भन्दै नेपालको भूमिसहितको नक्सा सार्वजनिक गरेपछि काउन्टरमा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत राखेका छन्।

उनले यो कदमप्रति नेपालमा मात्र नभई भारतीय सञ्चारमाध्यममा पनि चर्चा भइरहेको छ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com