संगठन विस्तारका लागि अमेरिका जाँदै एमाले महासचिव पोखरेल


     नेपालय न्युज,     
     जेठ २८ गते २०८०


नेकपा एमालेका महासचिव शंकर पोखरेल संगठन विस्तारका लागि अमेरिका जाने भएका छन्। असारको पहिलो साता उनी अमेरिका जाने तय भएको हो।

दुई हप्ता अमेरिका रहदा संगठन विस्तार गर्ने एमालेका एक नेताले नेपालखबरलाई बताए।

‘प्रवासमा संगठन थप विस्तार गर्न महासचिव चार पाँच दिनपछि अमेरिका जानुहुने तय भएको छ,’ उनी निकट स्थायी कमिटी सदस्यले भने, ‘पार्टी सुदृढीकरण अभियान सबैतिर अघि बढ्नेछ।’

दुई महिने ग्रासरुट अभियान सम्पन्न गरेको एमाले अहिले आन्तरिक सुदृढीकरणमा लागेको छ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com