राष्ट्रपतिद्वारा तीन देशमा गैरआवासीय राजदूत नियुक्त

-


     नेपालय न्युज    
     जेठ २२ गते २०८०


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

यसअघि पनि राष्ट्रपतिले विभिन्न देशमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com