सार्वजनिक कार्यक्रममै लडे अमेरिकी राष्ट्रपति जो बाइडेन


     नेपालय न्युज,     
     जेठ १९ गते २०८०


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन एक सार्वजनिक कार्यक्रममा लडेका छन् ।

अमेरिकी वायुसेवा एकेडेमीले आयोजना गरेको उपाधि वितरण कार्यक्रममा उनी लडेका हुन् ।

एक सैनिकलाई प्रमाणपत्र दिएर अघि बढ्ने क्रममा बाइडेन लडेका थिए । वायुसेना र अमेरिकी गुप्तचरका दुई सदस्यले उनलाई तत्काल उठाएका थिए ।

राष्ट्रपति बाइडेन सार्वजनिक कार्यक्रममै लड्खडाउँदै लडेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले राष्ट्रपति तन्दुरुस्त रहेको विज्ञप्ति जारी गरेकाे छ ।

ह्वाइटहाउसका प्रवक्ता वेन लाबोन्टले राष्ट्रपति बाइडेन वालुवाको बोरामा ठेस लागेका कारण लडेको स्पष्टिकरण दिएका छन् ।

८० वर्षिय बाइडेनलाई यसअघि पनि सार्वजनिक कार्यक्रमहरुमै धेरै ठोक्किने घटना भइसकेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com