चापापानी टोल विकास संस्थाको अध्यक्षमा कार्की

-


     नेपालय न्युज    
     जेठ १५ गते २०८०


पोखरा ।
पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको आमभेलाले प्रेम वहादुर कार्कीको अध्यक्षमा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा कल्पना कार्की सचिवमा भोजराज सुवेदी कोषाध्यक्षमा ऋषिराम दाहाल रहेका छन् भने सदस्यहरुमा राजु गुरुङ,राम प्रसाद कोइराला,कल्पना गुरुङ,दान वहादुर बस्नेत र कमला कार्की रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालकिा १२ का वडा अध्यक्ष सन्तोष वास्तोलाले टोलको विकासमा टोलका सदस्यहरुनै जागरुक भएर योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै वास्तोलाले टोल सुधार समितिले महिला, बालबालिका, युवा, जेष्ठ नागरिकहरुको हितमा काम गर्न सकेमात्र टोलको विकास हुने जनाउँदै टोलको विकासका योजनामा वडाले निरन्तर सहयोग र सहजीकरण गर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका १२ का निर्वतमान वडा अध्यक्ष राम वहादुर कार्की,पुर्व एस पि नरेश वहादुर कार्की,समाजसेवीहरु ऋषिराम लामिछाने, टिका वहादुर कार्की लगायतले टोलबासी एक जुट भए मात्र विकास सम्भव हुने बताउदै आफ्नो टोलको विकासका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।
चापापानी टोल विकास संस्थाका कार्यवहाक अध्यक्ष विष्णु कोइरलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निर्वतमान अध्यक्ष तथा समाजसेवी टिका वहादुर कार्कीले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव कमल वहादुर कार्कीले गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com