
मनोहरि पाैडेल,
पाेखरा ।
पोखरा महानगरपालिका २८ कालिकामा रहेको जनज्योति माध्यामिक विद्यालयमा भएको बृहत् भुतपुर्व विधार्थीहरुको भेलाले कृतिवल्लभ त्रिपाठीकाे संयोजकत्वमा जनज्योति मा वि भुपु विधार्थी तदर्थ समिति सर्बसम्मत रुपमा गठन गरेको छ।
तदर्थ समितिको सहसंयोजक श्याम प्रसाद तिमिल्सेना सचिवमा गुरु प्रसाद त्रिपाठी कोषाध्यक्षमा ई.ढक बहादुर भुजेल तथा सदस्यहरुमा बालचन्द्र भण्डारी,विष्णु प्रसाद बराल, विष्णु प्रसाद सुवेदी,डा.राजन त्रिपाठी, चन्द्र शर्मा तिवारी, ईश्वर अधिकारी, सागर अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् ।
भुतपुर्व बिधार्थी एवं पूर्व शिक्षक हरि प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा २०१६ सालमा स्थापना भएर हालसम्म आइपुग्दा हजारौं हजार ब्यक्तिहरु राज्यका विभिन्न उच्च निकाय एवं राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उच्च आोहदामा पुगेको भएता पनी विधालयको शैक्षिक,आर्थिक,तथा अन्य गतिबिधिहरुमा ध्यान नपुगेको हुँदा यस भेलाले कोषेढुंगा साबित हुने कुरा भेलामा सहभागीहरुले बताएका थिए ।
बिधालयका सस्थापक अग्रज ब्यक्तित्व तथा पुर्ब प्रशासक हेमराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षाविद होममणी भन्डारी, भुपु विधार्थी एवं नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कृष्ण बहादुर के सी, पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, भुपु बिधार्थी एवं पृथ्वी नारायण क्याम्पसका प्राचार्य नरेश पौडेल ,भु पु बिधार्थीहरु सुर्य राज भण्डारी, डाल्डादेबि भुजेल ,किर्ती बल्लभ त्रिपाठी, इन्जिनियर ढक बहादुर भुजेल, बिष्णु प्रसाद वराल, श्याम प्रसाद तिमिल्सेना, सन्तोष अधिकारी, चन्द्रा शर्मा लगायतले आफ्नो आफ्नो बिचारहरु राखेका थिए। बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजेश अधिकारीले उद्देश्यहरुको बारेमा प्रकाश पारेका थिए भने विधालयका शिक्षक बिकल पौडेलले स्वागत तथा विधालयका प्राचार्य नगेन्द्रप्रसाद लामिछानेले सहजीकरण गरेका थिए । ऊक्त कार्यक्रममा भुपु विधार्थी एवं शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो।