माइक्रोसफ्टले रोक्यो फुल-टाइम कर्मचारीको तलब


     नेपालय न्युज,     
     वैशाख २८ गते २०८०


अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट (Microsoft) ले आफ्ना फुल-टाइम कर्मचारीहरूको तलब रोक्का गरेको छ ।

उपभोक्ता माग सुस्त र सम्भावित आर्थिक मन्दीको भयबीच विश्वभरका प्रविधि कम्पनीहरूले कर्मचारीको संख्या कम गर्ने वा खर्च घटाउने उपायहरू अपनाइरहेका बेला माइक्रोसफ्टले यो वर्षका लागि सबै फुल टाइम कर्मचारीको तलब रोक्का (Salary Freeze) गर्ने निर्णय गरेको हो ।

आन्तरिक मेमोमा यसलाई कम्पनीका प्रमुख कार्यकारी अधिकारी सत्य नदेल्लाले कृत्रिम बौद्धिकता (AI) लगायत प्रमुख परियोजनामा लगानी गर्न पर्याप्त रकम जुटाउन आवश्यक कदम भएको बताएका छन् ।

तलब रोक्का गरे पनि अत्यधिक पैसा खर्च नहुने गरी घन्टाका आधारमा काम गर्ने मजदुरहरूको लागि ज्याला दर बढाउन अनि बोनस र बेच्न मिल्ने शेयर दिने कार्यक्रमलाई भने कम्पनीले यथावत् राख्ने बुधवार इन्साइडर फर्ष्टले छापेको समाचारमा उल्लेख छ ।

यो वर्ष माइक्रोसफ्टले कर्मचारीलाई कामबाट निकाल्न शुरु गरेको छ । कर्मचारी निकाल्नेमा माइक्रोसफ्ट मात्रै छैन, फेसबुकको मातृ कम्पनी मेटा (Meta) देखि अनलाइन खुद्रा कम्पनी एमाजन (Amazon) सम्म छन् ।

गएको महीना सार्वजनिक भएको त्रैमासिक तथ्यांकअनुसार गएको त्रैमासमा कम्पनीले अपेक्षा गरिएभन्दा धेरै मुनाफा कमाएको थियो भने विक्री पनि अपेक्षाकृत उच्च थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com