मादी गाउँपालिकालाई समृध्दि बनाउन गर्न सकिने केहि कार्यहरु


     नेपालय न्युज,     
     वैशाख २० गते २०८०


ओम प्रकाश गुरुङ ।

भाग -१ : बसाइँ सराइ रोक्ने । साथै बसाइँ सराइ रोक्न शिक्षामा सुधार गर्नुपर्ने…

केहि समय अघि सम्म गाउँमा सडक , बिजुली नपुग्दा सबै नेताहरुले एउटै कुरा भन्ने गर्नुहुन्थ्यो * गाउँमा सडक , बिजुली नपुगेसम्म गाउँबाट बजार बसाइँ सराइ रोकिने अवस्था छैन * त्यहि अनुरुप गाउँ गाउँमा सडक र बिजुली विस्तार गर्न सबै नेता देखि सामाजिक अगुवाहरु लाग्नुभयो र अहिले प्रायः सबै गाउँमा सडक र बिजुली लगभग पुगिसकेको छ ।

मादी गाउँपालिकाको सबै गाउँहरुमा पनि सडक र बिजुली लगभग पुगिसकेको छ । सडक र बिजुली पुगेकाले बजार आवतजावत गर्ने देखि दैनिक जीवनयापनमा केहि सहज भएको छ । गाउँमा पुगेका सडकहरु कालोपत्रे हुने क्रममा पनि अगाडि बढेको छ । यी कार्यहरु भएतापनि अझै मादीमा गाउँदेखि पोखरा बजार बसाइँ सराइ हुने क्रम खासै रोकिएको देखिदैन । जबकी बसाइँ सराइ नै रोकिने अवस्था छैन भने त्यहाँ समृध्दि हुन सक्दैन । त्यस कारण बसाइँ सराइ प्रमुख चुनौती बनेको छ ।

बसाइँ सराइ कम गर्न मादीमा निम्न कार्यहरु गर्नुपर्ने देखिन्छ ।

१, शिक्षा :
समाज र व्यक्तिको जीवन परिवर्तन गर्ने साथै सकारात्मक दिशातर्फ लैजाने मेरुदण्ड भनेको शिक्षा नै हो । शिक्षित मान्छे र शिक्षित समाज भएमा मात्रै गाउँसमाज र देशले विकास कार्यमा छिटो फड्को मार्न सक्छ ।

शिक्षा कै कारण प्रायः जसो गाउँहरु अहिले खाली रहन गइ गाउँबासीहरु बजारतिर स्थायी अस्थायी रुपमा बसाइँ जाने क्रम तिब्र देखिन्छ । विशेष गरी गुणस्तरिय शिक्षा र एसईई पास भएपछि विधार्थीहरुले आफुले इच्छा गरेको र रोजेको विसय पढ्न गाउँमा व्यवस्था नभएका कारण बजार गएको देखिन्छ ।

मादीमा पनि यस्तै देखिन्छ । ठुलो भौगोलिक क्षेत्रफलमा फैलिएर १२ वटा वडाहरु रहेको मादी गाउँपालिकामा हाल हिमालय मावि मादी -९ गोर्जे, जनकल्याण मावि मादी -१० मकैखोला, ध्रुव मावि मादी -४ तारकाङ , सिताराम मावि मादी -३ याङ्जाकोट गरी ४ ठाउँमा मात्रै १२ कक्षा (प्लस टु) सन्चालन छन् ।

प्रायजसो सबै विधालयहरुमा विधार्थी संङ्ख्य घट्ने क्रममा रहेको देखिन्छ । केहि साना विधालयहरु पर्याप्त विधार्थी अभावका कारण नजिकैको विधालयमा समेत गाभिएका छन् । गोर्जेमा शिक्षा संकाय, मकैखोलामा शिक्षा संकाय, तारकाङमा शिक्षा र व्यवस्थापन संकाय, याङजाकोटमा शिक्षा र व्यवस्थापन संकाय मात्रै सन्चालनमा छन् । ४ विधालयहरुमा यी विसयहरु सन्चालन रहेतापनि पर्याप्त विधार्थी भने छैनन् । यो चुनौतीको विसय बनेको छ ।

यीनै समस्य कम गर्न अब मादीमा स्थापना भइ सन्चालनमा रहेका क्याम्पसहरु लाई यथावत राख्दै प्लस टु का थप क्याम्पसहरु विधार्थी संङ्ख्याका आधारमा सबैको पायक पर्ने ठाउँहरुमा स्थापना गर्नुपर्ने देखिन्छ ।

जस अन्तरगत मादीको पुर्वी भेकका लागी थुम्सीकोट, त्यस्तै पस्चिम भेकका लागी ज्याम्दुङ वा तारकाङ मध्ये १ ठाउँ र सिक्लेसमा क्याम्पस खोलि प्लस टु का कम्तिमा शिक्षा , व्यवस्थापन, मानविकी र प्राविधिक शिक्षालय (कृषि ,पशु, टुरिजम, उधोमशिल आदि) सन्चालन गरिनुपर्दछ ।

अझ सम्भव भएसम्म योजना निर्माण गरी विज्ञान संकाय पनि खोलिनु पर्छ ।
सिक्लेस बाहेक थुम्सीकोट र ज्याम्दुङ तारकाङ सम्म हाल समेत क्याम्पस पढाउन शिक्षक हरु पोखरा र लेखनाथ बाट दैनिक जसो आवतजावत गर्न पनि सकिन्छ ।

थुम्सीकोट पोखरा -२६ विजयपुर बाट २० किलोमिटरको दुरीमा रहेको छ । सौरे सम्म १३ किलोमिटर कालोपत्रे भइसकेको छ भने बाँकी ७ किलोमिटर मात्रै हाल कच्चि रहेको छ । त्यस्तै पोखरा -१३ भद्रकाली काहुँखोलाबाट भैसे हुँदै तारकाङ बेँसी बाट भगवती टार भएर पनि थुम्सीकोट पुग्न सकिन्छ । जुन बाटोको दुरी १८ किलोमिटर रहेको छ । काहुँखोला बाट भैसे सम्म कालोपत्रे भइसकेको छ भने भैसे भगवतीटार थुम्सीकोट मुग्रीबेँसी सडक देशकै गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग अन्तरगत परि सो खन्ड कालोपत्रे हुने क्रममा तिब्र गतिमा अगाडि बढेको छ ।

मादी -१० मा पर्ने थुम्सीकोट मादीको वडा नं. ८ र ९ (साविक मिजुरेडाँडा गाविस), मादी -१० (साविक भाचोक गाविस), मादी -११ (साविक सैमराङ गाविस) र मादी -१२ हाँडीखोला लिप्यानी भगवतीटार पैरे लगायत गाउँहरुको लागी सेन्टर ठाउँ हो । त्यस्तै छिमेकि जिल्ला लमजुङको सिङ्दी पसगाउँ कुमलुङ चरागाउँ लगायत गाउँहरु समेत थुम्सीकोट भएर नै दैनिक पोखरा आवतजावत गर्छन् । अहिले सबै गाउँहरुमा सडक पुगी पोखरा बाट नियमित बस सन्चालन समेत भइरहेको छ । थुम्सीकोटमा क्याम्पस स्थापना गरिएमा त्यहाँका विधार्थीहरु समेत पढन आउने सम्भावना देखिन्छ । लमजुङका ति गाउँहरुमा हाल कक्षा १० सम्म मात्रै सन्चालित छन् । त्यहाका विधार्थीहरु क्याम्पस पढन प्राय पोखरा नै झर्छन् । क्याम्पस संगै होस्टेल र बस समेत सन्चालन गरिएमा अझ प्रभावकारी हुन्छ । होइन भने बसको लागी पोखरा बाट आवतजावत हुने लाई नै तालिका बनाएर समेत गर्न सकिन्छ । थुम्सीकोटमा हाल जनमन्दिर आवि रहेको छ र कक्षा ८ सम्म सन्चालन छन् । त्यहाँको नतिजा राम्रै देखिन्छ । त्यहि विधालय परिसरमा क्याम्पस स्थापना गर्न सकिन्छ ।

त्यस्तै गाउँपालिकाको पस्चिम भेकमा पर्ने ज्याम्दुङ परिसरतिर क्याम्पस खोलिएमा मादी -४ को तारकाङ, ३ को याङजाकोट, ५ को भैसे चित्रे मगरगाउँ, २ को घ्याम्रङ ताङतिङ सेतिखोला, १ को सोंधा, ६ को तप्राङ, ७ को थाक तल्लो छाचोक लगायत गाउँका विधार्थीहरु पायक पर्दछ र विधार्थी समेत पर्याप्त हुन्छ । मादी -३ ,७,२ र ६ नम्बर वडाको संगम स्थलमा रहेको ज्याम्दुङ पोखराको काहुँखोला बाट १२ किलोमिटर दुरीमा रहेको छ । ज्याम्दुङ जाने सडकको मादी -५ को काउरे डाँडासम्म हाल कालोपत्रे भइसकेको छ । बाँकी ५ किमि मात्रै कच्ची रहेको छ । त्यस्तै मादी -४ को तारकाङ सम्म सडक कालोपत्रे भइसकेको छ । तारकाङमा रहेको ध्रुब मावि मा हाल प्लस टु का २ विसय हरु सन्चालनमा रहेको हुँदा त्यहाँ अन्य विसय सन्चालन गरिदा केहि सहज समेत हुन्छ ।

त्यस्तै मादी -१ को सिक्लेसमा पनि क्याम्पस स्थापना गर्न सकिने सम्भावना देखिन्छ । सिक्लेस आफैमा गाउँपालिकाकै ठुलो गाउँ भइ जनसंख्या धेरै हुनुका साथै त्यहाँ प्लस टु का क्याम्पस खोलिएमा सिक्लेस संगै वरपरका छिमेकी गाउँहरु पार्चे, खिलाङ ताङतिङ चिप्लि सम्मका विधार्थीहरु पढ्न आउन सक्छन् । पर्यटकीय गाउँ भएका कारण सिक्लेस र ताङतिङमा हाल होटेल तथा घरहरु थप निर्माण भइरहेको देखिन्छ ।

शैक्षिक भवनहरु निर्माण गरी धेरै विसयहरु सन्चालन गरिनु मात्रै विधालयको सर्वाङ्गीण विकास भने होइन । त्यो संगै गुणस्तरिय शिक्षा महत्वपुर्ण कुरा हो । शिक्षा लाई गुणस्तरिय बनाउन शिक्षक , विधार्थी र अभिभावक सबैको उत्तिकै महत्वपुर्ण भुमिका हुन्छ । त्यसमध्येमा पनि शिक्षकको भुमिका झनै महत्वपुर्ण रहन्छ । शिक्षाको महत्वको विसयमा जति शिक्षकले जानेको र बुझेको हुन्छ त्यति अभिभावक र विधार्थीले नबुझेको हुन सक्छ । अझ गाउँतिरका अभिभावकहरु खासै पढेलेखेका पनि हुँदैनन् । गाउँतिर शिक्षामा गुणस्तरिय ल्याउन शिक्षक हरुलाई चुनौती पुर्ण छ । तर यस्ता चुनौतीका विचबाट आएको प्रतिफल सधैंव सम्झिने खालको हुन्छ । अविस्मरणीय रहन्छ । शिक्षकले यसरी नै सन्तुष्टि लिनुपर्छ । शिक्षकले यसरी समाज , अभिभावक र विधार्थीहरुमा छाडेका प्रतिफल एवम् प्रभावहरु शिक्षकको भोलिको अवकाश पस्चात जीवनयापनका क्रममा कतै ब्यापार ब्यवसाय , सामाजिक राजनिति इत्यादी गरिएमा त्यहाँ महत्वपुर्ण टेवा पुग्दछ ।

शिक्षा लाई गुणस्तरिय बनाउन गाउँपालिका साथै वडाहरुले पनि नयाँ नयाँ विसयहरु बारे समय सापेक्ष आवश्यक तालिम वर्कशपहरु सन्चालन गरिरहनुपर्दछ र शिक्षक लाई योग्य एवम् अपडेटेड बनाउनु पर्छ । शिक्षक हरु नयाँ नयाँ कुरा विसयहरु बारे जानकार हुन अति आवश्यक छ ।
अझ गाउँपालिकाले करारमा राखेका शिक्षकहरु लाई दक्षता, विज्ञता, अनुभव लगायतका आधारमा योग्य शिक्षक पहिचान गरी वर्स वर्समा एक विधालय बाट अर्को विधालयहरुमा उचित सेवा सुविधाको व्यवस्था गरी सरुवा गराइ अध्यापन गर्ने वातावरण समेत तय गर्न सकिन्छ । त्यसो गर्दा नयाँ ठाउँमा शिक्षक लाई नयाँ उर्जा मिल्दछ र अध्यापन महत्वपुर्ण बन्न सक्छ ।

एक असल शिक्षक ले आफु कार्यरत शिक्षण संस्था र वरपरका गाउँसमाजलाई समेत नमुना बनाएको कैयौँ उदाहरणहरु छन् । यस अर्थमा शिक्षक एक सामाजिक नेता पनि हो ।

स्नातक तहका विसयका संकायहरु पनि विस्तारै निकट भविस्यमा खोलिएला साथै खोलिनुपर्छ तर हाललाई माथी उल्लेखित प्लस टु का संकायहरु सन्चालन गर्न सकिएमा साथै भइरहेको शिक्षण सिकाइमा केहि सुधार गर्न सकिएमा मादीमा केहि हदसम्म बसाइँ सराइ कम गर्न सकिने देखिन्छ । जसले गर्दा समृध्दि मादी निर्माणमा केहि सघाउ पुग्दछ ।

ओम प्रकाश गुरुङ
जनप्रतिनिधि मादी -८, कास्की
९८५६०४८४४३

WP2Social Auto Publish Powered By : XYZScripts.com