कमला ह्यारिस २०२४ मा उपराष्ट्रपतिको दौडमा पुनः सामेल हुँदै

-


     नेपालय न्युज    
     वैशाख १२ गते २०८०


जो बाइडेनले अमेरिकाको राष्ट्रपति पदका लागि फेरि उम्मेदवारी दिने घोषणा गरेसँगै उपराष्ट्रपति कमला ह्यारिसले आफू पनि उपराष्ट्रपतिको दौडमा रहने बताएकी छिन् ।

सन् २०२० मा ५८ वर्षीया कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन् । योसँगै उनी पहिलो अफ्रिकी–अमेरिकी र एसियाली–अमेरिकी मूलकी उप–राष्ट्रपति थिइन् ।

उनले ट्विट गर्दै पुनः चुनाव लड्ने घोषणा गरेकी छिन् । उनले ट्विटमा लेखेकी छिन्, ‘एक अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास राख्छौँ । हामीलाई विश्वास छ कि हाम्रो लोकतन्त्र त्यति नै बलियो हुनेछ जति हाम्रो यसका लागि लड्ने इच्छा छ । यसै कारण जो बाइडेन र म पुनः चुनाव लड्ने तयारीमा छौँ ।’ एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com