
किशनसिंह धामी, अमेरिका
फेसबुकको सन्जाल र तिब्रगतिमा संचारको बिकासलाई नियाल्दा अबको भविश्यमा सबै कामहरू यान्त्रिक हुने निश्चित छ सायद खाना पनि सम्झने बितिक्कै पेटै अघाउॅने अर्थात खाना खाने मन नलाग्ने हुन्छ होला ।
जसरी महाभारतको कथामा पाण्डवहरूले बनवास जिवन बिताइरहेका बेला पाण्डवको भान्चामा खाना खानुअघि नुहाउॅन गएका दुर्वाशा ऋषि नुहाउॅदा नुहाउॅदै पेट भरिएको महसुस गरेर त्यतैबाट कुलेलाम ठोक्नु भएको जस्तै अबको संन्चार बिज्ञानले भविश्यमा त्यो पनि पुर्ति गर्न लागिपरेको छ ।
समय अनुसार र ठाउं अनुसारको शिक्षा दिनु-लिनु पर्छ भन्ने मान्यता बोकेका जो कोहिले पनि संसारको जुनसुकै कुनाको मान्छेले संसारको जुनसुकै कुनामा बसेर जिवन यापन गरेको देखिन्छ, किताबको घोगन्ते शिक्षाले वाक्क भएका शिक्षित देशबाट पाठकहरू सराई बसाई भएर आएको यान्त्रिक शिक्षाले पुस्तकमा लेखेको शिक्षा पढनमा बिस्तारै कम गराईसक्यो, बिश्वका ठुला ठुला सहरहरूमा ठुला ठुला लेखकहरूका ठुला ठुला पुस्तकहरू पुस्तकको मुल्यको एक भागको दाममा नत्र सित्तैमा बाडि रहेका ठुला पुस्तकहरू यत्र तत्र पाउंन थालेकाछन् भने साहित्य बिधा तर्फका पुस्तक पढने पाठकहरू अहिले औंलामा गनिने मात्र पाइन्छन् ।
अझ हाम्रो नेपाली साहित्य त्यो पनि सापटि साहित्य र सिमित नेपाली साहित्यका पाठक कति पो होलान् र ? नेपाली बुझ्ने ? नेपाली पढने ? त्यसमा पनि नेपाली साहित्य पढने ? तर पनि प्रवासमा बसेर फुर्सत भएको समयमा आफ्नो सन्तुष्टिका लागि भनेर भएपनि नेपाली भाषा र साहित्यको जगेर्नाका लागि लेखिरहने पुस्तक प्रकासन गरिरहने तमाम नेपाली स्रष्टाहरू छन् । तर ति लेखकले न त पाठक पाएको हुन्छ नत पुस्तकबाट आर्थिक आम्दानी नै ! कसै कसैले आंहा तिम्रो त त्यो पत्रिकामा लेख आएको रहेछ नि ? तिम्रो किताब प्रकासन भएको रहेछ नि ? आहा तिम्रो त किताबको समाचार आएको रहेछ नि ? कसैले भनिदियो भने त्यो नै लेखकको खुशी हो जस्तो लाग्ने । यो भनाई लेपाली साहित्य लेखनको लागि मात्र होइन, छिमेकी भारतीय साहित्य लेखन, अमेरिकी साहित्य लेखन, रूसी साहित्य लेखन्, ईरिश साहित्य लेखन, फ्रेन्च साहित्य लेखन, ब्रिटिस साहित्य लेखन अर्थात आम साहित्य लेखकको समस्या हो । साहित्य लेखन खुशी हो, रहर र चाहना हो, कसैले यो मान्छन् कसैले मान्दैनन तर सत्य यहि हो साहित्यमा संन्तुष्टि पाइन्छ।
पुराना वा पुराना, नयॅा वा नयॅा लेखकले, नेपाली साहित्य प्रवासमा बसेर कतै न कतै लेखेकै हुन्छ तर त्यसको कतै प्रचार हुन्छ कतै हुंदैन, त्यो आ-आफ्नै समस्याछ, पहिचान छ र परिचय पनि छ ।अमेरिकामा बसेर नेपाली साहित्य लेखनलाई पच्छाएका केहि लेखकहरूका केहि थान पुस्तक पढने मौका मिल्यो जुन मलाई लेखकद्वारा उपहार आएका थिए । ति सबै पुस्तकहरूमा नेपाली स्वाद नै आउॅछ, यसका केहि उदाहरण छन् 

. यो पुस्तक जुन १८, सन् २०१८ मा प्रकासित भएको थियो, यो कविता संग्रह हो, यो पुस्तकका लेखक नदिया लिवांग हुनुहुन्छ, करिब १४६ पृष्टको यो संग्रहमा ५६ वटा कविता समावेश छन्, कविता कुनै गद्धमा लेखिएका छन् भने कुनै पद्धमा लेखिएका छन्, यहि पुस्तकको पृष्ट ४५ मा चीत्कार शीर्षकको कवितामा आठौं हरपमा लेखिएको पढदा, म बसिरहेको राज्यको क्वीन्स सहरको मध्य सहरी मार्गसंग मेल खान्छ फरक यतिमात्र हो, यहॅा स्वयम् स्फूर्तमा चीत्कार लुकाइ रहेका छन् भने पुस्तकको शीर्षकले बाध्यपारेको चीत्कार बिछ्याएको छ ।
*पातबिनाको सालको रूखझैं ठिंग्ग उभिदिन्छु
चिसा चिसा हातखुट्टा फिजाएर
लाज, डर र घिनरहित
गिद्ध झैं तीखा नजर डुलाउॅदै
तातो तातो श्वासले त्यो नरभक्षी
पोलिरहन्छ मेरो प्रत्येक संम्बेदनशील अंगअंगहरूमा
———— २)गीत, कबिता, कथा र उपन्यास लेखि रहने साहित्यकारको नाम हो कमला प्रसाई, वहॅाको गीतसंग्रह हृदय भित्र को पृष्ट ५५ मा हॅासी हॅासी सहें भन्ने बोलको शीर्षकमा लेखिएको छ

रोइरोई हास्नुपर्ने बाध्यताका रीतहरू
जसको पीरले छटपटिॅदा
चिरिन्छन् यी छातीहरू
हिडने यी वाटाहरू बिचमा कॅाडा झांगीएछ
लुटिएको खुशीबिच फेरि आशाको दीप बल्नेछ ।

*यीनै लेखक प्रसाईको आर्को पुस्तक ‘चितामाथिको लास’ पूर्णाकी नाटकले बिश्वमा भ्रष्टाचार, गरीबी र शोषणबाट त्रसित समाजलाई शिक्षाले नै सबैलाई निर्मुल पार्छ भन्ने देखाएको जस्तो लाग्छ । धनाड्य र सहरियाबाट गरीब र गाउॅले कसरी पिडित शोषित भइरहेका छन् भन्ने यो पुस्तकले देखाएकोछ । पुस्तकमा समिक्षकले समिक्षा लेख्दै प्रा.डा. गोबिन्दराज भट्टराई लेख्नुहुन्छ~गाउॅको दुखका कारण चेतनाको अभाव, शिक्षाको अभाव हो । यो पुस्तकमा गाउॅमा प्रौड शिक्षालय बिध्यालयजस्ता स्थान गाउंले मुखिया महाजनहरूका ॲाखाका कसिॅगर हुन्थे , जनताले ॲाखा देखे हामीले मन परि दलनगर्न पाउने छैनौ भन्ने कुरा लेखकले सजिलो र सबैले बुझ्ने भाषामा उजागर गरेको छ । ३)कोरोनाको समयमा बिश्व सबैथोकबाट सुति रहेको थियो, खानाकालागि जोहो गर्न बसेका सहरीया समाजलाई पनि डर लागिरह्यो, बर्षौसम्मका लागि अतिआवाश्यक खाद्यान्न जोहो गर्ने WFP लाई पनि हम्मे हम्मे भएको बेला लेखकहरूले बिभिन्न शीर्षकमा पुस्तक लेख्न थाले ती मध्ये ‘न्युयोर्क कोरोना डाइरी’ पनि सम्झनामा आउंछ, काठमाडौमा गोबिन्द श्रेष्ठको स्वामित्वमा रहेको सबभन्दा पुरानो प्रकाशनगृह रत्न पुस्तक भण्डारले प्रकासनमा ल्याएको २८८ पृष्टको न्युयोर्क कोरोना डाइरीका लेखक लक्ष्मी श्रेष्ठले कोरोना समयमा आ-आफ्नै दिन चर्या र दिनै पिच्छे भोगेका, भएका, गरेका र यथार्थ सम्झनाहरूको बयान गरिएको पुस्तकले

कोरोनालाई झलझल्ति झल्काउॅछ, कुनै नसोचेको कुरा भईदियो, कुनै नदेखेको ठाउॅ देखाई दियो
कोरोना भन्नेले, त्यसैले पेज २१७ को १८औ लाईनमा लेखिएको छ ‘न्युयोर्क बसेको यत्रो पन्ध्र बर्ष बिति सक्दा पनि कहिल्यै यो प्रोस्पेक्ट पार्क पुग्न भ्याएका थिएनौ” कोरोनाको नौलो अनुभव जस्तै यसबाट केहि न केहि नौलो प्रप्ति पक्का गरेको जस्तो लाग्छ ।
————-४)साहित्य लेख्ने तरिका, सोच, वातावरण र पात्र जुनसुकै देश, परिवेश र ठाउॅले झल्काउॅछ, गम्बु शेर्पाद्वारा लेखिएको “फर्किएका पाइला” आत्म कथाको पुस्तक पढनेले केहि न केहि अर्थात एउटा शब्दको हेक्का राखेको हुनु पर्छ ! अन्तिमा राखिएका परिवारिक, साथीभाई, र लेख रचनाका सुन्दर रंगीन तस्वीर अलावा ६१२ पृष्टमा ८२ शीर्षक दिएर लेखिएको आत्म कथामा

शुरूमै लेखिएको छ, म पहाडमा जन्मे, त्यहि पहाडमा बग्ने खोलाहरूमा हुर्के र देखिने खोला, बाटो फरक भए तर स्वरूपमा खासै भिन्न हुदैन, खोलाले जसरी बाटो आफै बनाएर बग्छ, त्यसरीनै बाटो आउने अप्ठ्याराहरू पार गर्दैजान्छ ! बिभिन्न भोगाईका सिलशीलामा रोज दाईको नाच शीर्षकमा पृष्ट ५०१ मा लेखिएको छ, रोज दाई सुतेका रहेछन् लेक लाग्यो र त्यो पनि सुतेको बेला, लेक भनेको त्यो समयका मान्छेलाई थाहा नै थिएन भन्छु, त्यो लेक लागेको भनेको शररीले जति हवा वा अक्सिजन पाउनु पर्ने हो त्यो पाउंदो रहेनछ र शरीरलाई भारी र श्वास लिन गारो हुंदो रहेछ, बन्द कोठामा त्यहि भएको रहेछ । एक आर्काको साहारा हुनु जरूरी रहेछ त्यो पनि पराई भूमीमा ।
—————— ५)कोरोना भनेको बिश्वमा देखापरेको महामारी रोग हो, यसको उत्पति बारे ठुलठुला राष्ट्रहरूले एक आर्कोलाई आरोप प्रत्यारोप लाएको छ, कोरोना अघि, कोरोनाको मध्य र कोरोना पछिको संसार, घर परिवारको चित्रण गरेको कोरोना कथाका लेखक पासागं शेर्पा हुनुहुन्छ, सत्यमोहन जोशीज्यू ले सत्यका शुभकामनाका शब्दबाट शुरू गरिएको कोरोना कथामा “आफ्नो मातृभाषा नहॅुदा नहॅुदै पनि नेपाली साहित्यमा यति सुन्दर र आक्रषण कृतिमार्फत कोरोनाले प्रवधिलाई कसरी भित्र्याएको भन्ने प्रसंगलाई महत्व दिएको पाइन्छ”।

५६६ पृष्टको गतिलो पुस्तक भित्र बिभिन्न ५९ शीर्षक राखेर कथा लेखिएकोछ, कोरोनाको समय कालमा न्युयोर्क सहरको मेयर औफिस र अन्य कार्यलयबाट खाद्यान्न, औसघि, मास्क र सेनिटाइजरहरू बितरण गर्ने ठाउं र स्वयमसेवीहरूको नाम सहित ‘दाईदिदीहरूको अर्ती’ शीर्षकमा पेज १६०-६१-६२ मा उल्लेख गरेकाछन् तर ति सबैलाई समिटिएको देखिएन, हुन सक्छ त्यो समयमा सबैसंग सहकार्य वा सम्पर्क हुन नसकेर केहि छुटन गएका हुन सक्छन् ।
कुनै कुनै नामका भोगीहरूले यो पुस्तक पढने अवसर पायो र सबैको नामसंगै आफ्नो नाम नदेखेपछि नाक कोट्याउन पनि पछि पर्दैनन् । मैले भन्ने र लेख्ने गरेको नेपाललाई बिश्वमा परिचय गराउने यदि कसैको नाम लिने हो भने त्यो शेर्पा जाति नै हो त्यसको जलन्त उदाहरण थुप्रै छन् ति मध्ये न्युयोर्कमा शेर्पा समुदायको सास्कृतिक झाकी, संगठन र खेलकुदमा सहभागि यसैलाई पेज ३३१ मा नाफाको जिन्दगी शीर्षकमा लेखेको छ, युनाइटेड शेर्पा एसोसियन शेर्पा फुटबव क्लवले सकर खेलाडीका लागि सकर प्रशिक्षणको कक्षा संचालन गरेको थियो अहिले २०० जना खेलाडी सकर खेलको प्रतियोगिता मा सहभागि हुने गर्छन्
———— ६)शताब्दी पुरूष, राष्ट्र कविकै प्रेरणाले सयौं कविहरूको उदय भएको परिप्रेक्ष्यमा वहॅा कै घरानामा वीडा नथाप्ने कुरा हुनै सक्दैन, २०७५ सालमा प्रकासित “अचम्म भो”भन्ने नामक कथा संग्रहमा १५ वटा कथाका शीर्षक समिटिएर १०२ पेजको कथासंग्रह लेख्ने कथाकार न्युयोर्क निवासी ज्योति पौड्यल,

यो पुस्तकका प्रकाशीयले भनेको छ काम र मामको खोजीमा प्रदेशिएका प्रदेशीहरूको कथा र ब्यथाको स्पष्ट चित्रण गरेकोछ । तर कथामा त्यतिमात्र छैन सेप्टेम्बर ११ को न्युयोर्क हमलाका कथाकार प्रतक्ष्यदर्शी बनेकाछन्, आफ्नो अमेरिकाको यात्रा र लेखकले भोगेका भोगाईहरू रतिपनि कन्जुस्यॅाई नगरि स्पष्ट लेखेका छन् । वहॅाद्वारा लेखिएका १० वटा बिभिन्न बिधाका पुस्तकहरूमा पनि यथार्थहरू देखिए जस्तै यसमा भोगाई बढि देखिने गर्छ । नेपाली भन्ने बितिक्कै म जस्तै हुरूक्क हुनेले खाना पनि नेपाली नै रोज्ने गरि ज्याक्सनहाइटको नेपाली रेष्ट्ररॅालाई रोज्दै आफ्ना संगिनीहरूलाई आफ्नो क्युवाको भ्रमण बारे सुनाउॅदै हिडदा हिडदै नै प्यार हुने ठाउं रे क्युबाको हभाना रहेछ भन्दै भावुक बनेका साहित्यकार ज्योति पौड्यालज्यूलाई धन्यबाद दिन्छु “अचम्म भो” पुस्तक पढेर म त्यतै हभानामै पुगेको जस्तो लाग्यो ।
——————-७)साहित्य लेखनमा सब भन्दा बढि लेखिने बिधा कविता बिधा हो, साहित्यमा नामपनि स्थापित गराउने कविता बिधा नै हो र बिश्व साहित्यको एक सर्बेक्षणले सबभन्दा कम बिक्रि हुने बिधा पनि कविता नै हो भनेर प्रकासमा ल्याएकोछ, बिश्व कोरोनाको दलदलबाट भरखर मुक्ति खोज्दैथियो जानुका वस्ती ढकालको “झरीको किरण” कवितासंग्रहले साहित्यमा प्रवेश गऱ्यो ।

६२ कविता अटाएको १७३ पेजको झरीको किरणमा डा. दामोदर पुडासैनी ‘किसोर’ को भूमिका रहेकोछ, कविताले डाइस्पोरिक चित्रण गरेका छन् भन्ने निष्कर्ष निकालेका छन् समालोचक डा. पुडासैनीले भने आर्का समालोचक नेपाली साहित्यमा बिद्यावारिधि गरेका डा. बीरेन्द्र पुडासैनीले कबितामा देशप्रेमका भावहरू झल्किनुका साथै बिदेशमा बस्ने जो सुकैले पहिलो पुस्तामा आफ्नो देशलाई निकै माया गरेको हुन्छ, मान्छे जो जा गए पनि आफ्नो जन्मभूमी, आफ्नो वचपन बिर्सन नसकेका कारणले पनि भावनात्मक लेख, रचना र कबिता लेख्न तिर डोऱ्याउॅछ भनेकाछन् ! शुभकामना दिने शिलशिलामा समालोचक लीला लुइटेलले कवितामा गहिराई छ, पद्य र गद्य दुबै एकै ठाउॅमा लेखिएकाले देश, बिदेश, माया मोह, प्रकृतिको चित्रण गरेकाले कविता सुन्दर भएकाछन् भनि लेखेका छन् ।पृष्ट ५३ मा देशप्रेमी शीर्षकको कविता बोलेकोछ~
*सुनाऊॅ कसलाई बेदनाछ आफ्नै मन भित्र लुकेको
नभनिदिनु बिदेशी मलाई देश भनि रमाउॅने छ धोको
गुन्जीराछ कानमा मेरो कोइलीको भाका हरपल
धोको छ तिनै सुसाएका पहाड सित ठोकिने पलपल ।
———— ८)कोरोनाको लहर साम्य भएपछि गुम्सिएका मनका भावहरू कतै कबिता मार्फत आए, कतै जीवन गाथा भएर आए, कतै गजल आए, बिदेशमा ब्यस्तताको जिन्दगि भित्र साहित्यमा स्थापित नाम हो हरिमाया अधिकारी, वहॅा न्युह्याम्सायरमा स्थाईबसोवास गर्नु हुन्छ, नेपाली साहित्यमा चिरपरिचित भएर साहित्यको नित्य सेवा गरिरहनु हुने हरिमाया द्वारा रचित ८४ पृष्टमा भरिए-

को “छोपिएको भाग्यरेखा” गजल संग्रह २०७८ सालमा प्रकाशनमा आएको हो, सुदूरपश्चिम धनगडीकी चेली डेउडा र लोकभाकामा डुबेर कलेज पढदा नै शास्त्रिय संगीतमा भिजेर एउटै सांगितिक पेशागतमा घरजम हुन पुगेकोमा हाम्रो चेलीलाई यसै लेखद्वारा बधाई दिन्छु, त्रीभुवन बिश्वबिद्याल अग्रेजी बिभागका महेश पौड्याल भन्नु हुन्छ, गजलहरूमा बहर नमिलेता पनि लय मिलेको छ । वहॅाका गजलहरू सास्त्रिय गीती भएकाले पनि गजलका रूपका गितहरू हुन् भन्न दुईमत छैन ।पृष्ट २९ को पहिलो हरपमा भनेको छ
*सबै संसार स्वार्थीछ, किन भुल्नु मायामा ?
मेरो घरबार स्वार्थीछ, किन भुल्नु मायामा?
मेरा छोरा मेरी छोरी, भनि कत्रो गरे वल
परिवार नै स्वार्थी छ किन भुल्नु मायामा ?
———— ९)गजलमै जिन्दगी बिताइरहेका परिवारमा घरायशी कुरा गर्दा पनि गजलमै कुरा गर्ने, मिल्ने साथीसंग कुरा गर्दा गजलमै कुरा गर्ने, मेरा धेरै पुराना मित्र भएपनि प्रदेशमा निकै नजिक र हितैषी हुन पुग्यौ, गहिरा र गहकिला कुरासॅगसंगै गजल संग्रह हातमा आइपुग्यो,

पुस्तकको नाम नै काफि छ “आनन्दै छ जिन्दगी” यो उनै गजलकार आनन्द श्रेष्ठको ११८ पृष्टको गजल संग्रहमा १०१ गजल समावेश गरिएका सदाबहार गजल सग्रहहो ।
कहिले कहि साहित्यकार भएर ह्रश्व दीर्घको ख्याल राख्नु पर्छ भन्ने गरेतापनि थुप्रै त्यस्ता वाक्यहरूमा छिटपूट तलमाथि कतै न कतै भेटिएकै हुन्छन् यो आर्को पक्षहो ।
सदावहार संग्रह किन भनेको हो भने यहॅा उजार गरेका शब्दहरूसंग मेल खाने शब्द मं जन्मदा थिए रे मैले पढदा पनि थिए, अहिले पनि त्यस्तैछन् ति भावहरू, त्यसैले सदावहार भनेको हो । पृष्ट ४९ को ६ टौं हरपमा लेखिएकोछ
*सधै प्यांसी भैरहेझै मसंग पानी मागि रॅदा
तिम्रो प्यास मेटाउने करूवा हुन मन लाग्छ,
सधै माथी परेकै हो तिमीले जित्दा मज्जै आर्को
तिमीलाई जिताउन हरूवा हुन मन लाग्छ
आनन्दै छ जिन्दगी पुस्तकको पृष्ट ९७को पहिलो हरपमै लेखिएको छ !
*लगनको नहर आयो
बिहे गर्ने ठहर आयो
तिमी आयौ बहार आयो
सारा गाउॅ सहर आयो ॥
—————— १०)नेपाली साहित्यको उत्पति नेपालको मध्यभाग अर्थात गण्डक क्षेत्रबाट भएको हो भन्ने यदाकदा लेखेको देखिन्छ, संस्कृत भाषाबाट बिकास भएको नेपाली भाषा र लयात्मक छन्दहरूको पछि आएर बिभिन्न भाषिक नियमहरू बने, नामांक्रण गरिए र नेपाली शब्दकोषको पनि भाषिक विकास भयो ।

यहि छन्दका नियम र मान्यताका आधारमा छन्दोबद्ध कविता सॅग्रहका लेखक रश्मि भट्टले कोरोना लगत्तै “पातालको गर्तमा” नामक पुस्तक लिएर साहित्यिक फाटमा स्थापित हुनु भएकोछ ।
————————-
११)फुर्लुंग नामै अचम्मको, यो एउटा उपन्यास हो, १४० पृष्टको १६ वटा खण्डमा लेखिको उपन्यासको भित्री कतै पनि समिक्षा वा प्रकाशीय केहि नलेखेको पाइन्छ ।

सांगितिक क्षेत्रमा प्रसिद्धि कमाएका महेश्वर पन्तको हार्मोनियम गिती, गजल रमाइलो र चाख लाग्दो प्रस्तुती देखिन्छ । वहॅा द्वारा रचित पुस्तक “बौलाको डायरी” पठाईदिन्छु भन्नु भएको पनि थुप्रै भयो, यी पुस्तक पछि देखा परेकाले यसबारे अहिले नै केहि लेखिन । यसरी लेख्नु पर्ने थुप्रै पुस्तकहरु मध्ये लेखकहरूले तथा प्रकाशकहरूले उपहार दिएका केहि थान बाकीछन् ।
————
१२)लेखिरहने लेख्न मन पराईरहने आफ्नै गोरेठोमा हिडन रूचाउने दु:खमा पनि सुख मनाईरहने, बिरामी भएपनि लुकाई रहने सहने क्रिया जानेको मान्छेको नामहो किशनसिंह धामी, तिनै किशन धामीको “एटलान्टिक” अग्रेजी कविता संग्रह एमेजोनले बिक्रि गर्ने सहमतमा हस्तक्षर गरेको छ जुन पुस्तक प्रो. डा. राजन थपलियाले अनुवाद गर्नु भएको थियो, तर नजिकका मान्छेहरूले ‘एमेजोनले किताब बेच्ने धामीको मात्र त हो नि भनेर भन्दै गर्दा संसारमा बसेका यस्ता नेपाली मान्छेको चित्रण गर्ने मन लाग्छ !

तर त्यसो भनिरहने आफन्तहरूको लागि एमेजोनले बिक्रि गरेको होइन , ‘एटलान्टिक’ कविता संग्रहका पाठकहरूको लागि मात्र एमेजोनले बिक्रिगर्ने गर्छ र बिक्रि भइरहेछ kishan singh Dhami,
प्रवासमा नेपाली साहित्य लेखन मात्र होइन पत्रकारिता लेखन पनि सजिलो छैन, लेखि रहन मिल्थ्यो तर पाठक खोज्न कहॅा जाने ? त्यसमा पनि आजभोली इन्टरनेटको जमात छ, कसले पो किताब ओल्टाई पल्टाइ पढलान् र ?
पाठक कै कमि भएर लेखकको कलम नसरेको पनि हुनसक्छ । किताब लेखेर थन्क्याउनेको जमात पनि कमि छैन, अलिबाठा टाठाहरूले आफै कुदेर सडक सडकमा, जमात त भीडभाडहरूलाई आफ्नो प्रचार प्रसारको लागि दिएको, बेचेको यदाकदा देखिन्छ, तर सर्वसाधारणकालागि यो काम सुहाएको जस्तो लाग्दैन ।
मेरो हातमा निक्कै बर्ष अगाडी न्युयोर्क निवासी नेपाली न्युयोर्कमा पत्रकारकारिताको शुरूवाती ब्यक्ति श्री बिष्णु पौड्यालले आफूद्वारा रचित गीति संग्रह दिनु भएको थियो, त्यसको नाम थियो “दुईखोलीको मुहान” संग्रहको नाम सुन्दा नै गण्डकक्षेत्र सम्झिन्छ, म जता ततै भन्ने गर्छु हाम्रो नेपाली लोक संस्कृतिको उत्पत्ति गण्डक क्षेत्रमा नै भएको थियो, त्यहि देबभूमीको क्षेत्र बुढी गण्डकी र काली गण्डकीको मिलन बिन्दूलाई सम्झन्छु ।

बिभिन्न शीर्षकमा ३२ वटा गीत लेखिएका उक्त संग्रहलाई शुभकामना दिदै बरिष्ठ साहित्यकार सरूभक्तले लेख्नु हुन्छ “गीत मानव जीवनका सुख दुखका अनुभूतीहरूको मधुसंन्चयन हो’ । सोहि संग्रहमा बर्तमान अनेसासका अध्यक्ष गोबर्धन पूजा लेख्नु हुन्छ ‘कॅाडा नभएको गुलावको फूल झै गीतले भरिएको छ संग्रह ।
यो संग्रहमा प्रेमै प्रेमले सजिंएका शब्दहरूले भरिएका प्रेमरसहरू छन्, किताबको १० नं.मा “तिमीलाई पर्खि बसें” गीतको शीर्षकमा मा लेखिएको छ…
सपनीमा आउॅछौ कहिले मिठो कुरा गर्दै
बिश्वाससंगै आफन्तको साइनो मिठो जोड्दै
तिमी बिना शून्य शुन्य डुबे भेटे जस्तो लाग्छ
तिमीलाई भेटदा खुशी भेटे जस्तो लाग्छ ।
त्यहि संग्रहमा “कस्तो माया भेटिएछ” भन्ने शीर्षकमा लेखिएको छ…..
मनको ईच्छा मनै भित्र, दबिएर जान्छ
थोपा थोपा आंसु झर्दा, सागर बनि दिन्छ ।
कस्तो माया भेटिएछ, प्रीत लाउंन पाइन
यसो पाइला टेकौं भन्छु, जमिन टेक्न पाइन ।
यसरी मायालाई पुस्तक भित्र थन्काएर पाठक सामु माया दर्शाउॅन नसकेर, पाठक समक्ष पुऱ्याउन नसकेर नै बिष्णु पौड्याल नेपाली पत्रकारिता मार्फत नेपाली भाषा र साहित्यको अभिबृद्धिकालागि पत्रकारितामा होमिनु भएकोले नेपाली साहित्यसॅग प्रीत गास्न नसकेको हुन सक्छ । यति मिठा गीतले स्थान नपाएकोमा कतै अधुरै अधुरो मै नेपाली साहित्यले पूर्ण बिराम लाउने पो हो कि भन्ने चिन्ता बढेको छ ।
यी यसरी माथी लेखिएका पुस्तकहरूले नेपाली साहित्यमा केहि टेवा पुऱ्याएको पक्का छ । यी पुस्तक न्युयोर्कमा बसेर अर्थात प्रवासमा लेखिने वा लेखिरहने प्रवासी नेपाली साहित्य हो तर नेपालमा साहित्यका लागि स्थापित भएका प्रतिष्ठानहरूले यस किसिमले प्रवासमा लेखि रहने साहित्य र साहित्यकारहरूको लागि केहि पहिचान गराउॅछ र ? के प्रवासमा लेखिने साहित्य नेपाली साहित्य होइन होला र ? के त्यो प्रवासमा लेखेको साहित्यले नेपाललाई भारी हुन्छ र ?