अमेरिकामा गोली प्रहार हुँदा ४ जनाको मृत्यु, थुप्रै घाइते

-


     नेपालय न्युज    
     वैशाख ४ गते २०८०


एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ ।

अलाबामा राज्यको डेडेभिल शहरमा जन्मदिन मनाउन भेला भएका माझ एक व्यक्तिले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो । साेही घटनामा थुप्रै मानिस घाइते भएकाे जनाइएकाे छ ।

लाबामा राज्यको सानो शहरका रुपमा लिइएको डेडेभिलको डान्सबारमा आयोजना गरिएको जन्मदिनको पार्टीमा १ सय भन्दा बढी सहभागी भएकै समयमा भएको गोली काण्डकाबीच भागदौड मच्चिंएको थियो ।

गोली प्रहार गर्ने व्यक्ति पक्राउ परे नपरेको बारेमा भने केही खुलाईएको छैन ।

WP2Social Auto Publish Powered By : XYZScripts.com