बाग्लु ङ्सेवा समाज अमेरिका द्वारा चैत दशै मेला मनायो

-


     नेपालय न्युज    
     चैत्र २५ गते २०७९


बाग्लुङ् सेवा समाज अमेरिकाले यहि मिति ०२ अप्रिल,२०२३ को दिन न्युयोर्कको ब्रुक्लिनमा रहेको हाइल्याण्ड पार्कमा चैते दशैँ तथा आउदै गरेको नयाँ वर्ष वि. स. २०८० को उपलक्ष्यमा चैते दशैँ मेला, साँस्कृतिक कार्यक्रम एवम् विविध खेलकुदको आयोजनागरि कार्यक्रम सभ्य, भव्य र सफल रुपमा सु-सम्पन्न गरेको छ ।

बाग्लुङ्ग सेवा समाज अमेरिकाका अध्यक्ष श्री सकस बहादुर घर्ती क्षेत्रीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री कृष्ण राज सुवेदी (कृष) बाट भएको थियो र उहाँलाई महिला संयोजक श्री चमेली खाती परियार सहयोग गर्नु भयको थियो । सो कार्यक्रममा बाग्लुङ् सेवा समाज अमेरिकाको महिला संयोजक श्री चमेली खाती परियार र सह-संयोजक श्री हिरा देवी भट्टराईले शुभकामना मन्तव्य दिनुका साथै संस्थाका वरिष्ठ उपाध्यक्ष श्री मीन खड्काले बाग्लुङ् कालिका मन्दिरको उत्पत्ति र महत्त्वका साथै चैते दशैँको बारेमा जानकारी गराउनु भएको थियो ।

बाग्लुङ् कालिका मन्दिरको कुरा गर्नु पर्दा यस मन्दिर नेपालका विभिन्न शक्तिशाली शक्ति पिठहरुमध्य एक मानिन्छ । आफुले चाहेको मनोकामना पूरा हुने विश्वासका साथ यहाँ बडा दशैँ र चैते दशैँको अवसर  लगायत वर्षभरि नै दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्नेगर्दछ । बाग्लुङ्ग कालिका मन्दिरको स्थापना अर्थात उत्पत्तिको कुरा गर्दा एउटा किम्वदन्ती प्रचलनमा रहेको पाइन्छ । उक्त किम्वदन्ती अनुसार वि.स. १५९१ मा पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग विवाह गरेको र विवाह हुँदा छोरीले दाइजोस्वरुप माझकी देवीलाई आफ्ना बुबासँग मागेर ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हालमन्दिर रहेको ठाउँमा बिसाएर उठाउँदा नउठेपछी राजदम्पतीले उक्त ठाउँमा मन्दिरको स्थापना गरि पूजापाठ गर्ने व्यवस्था मिलाएको जनविश्वास र किम्वदन्ती रहेको जानकारी समाज का माहासचीब कृष्ण सुबेदी दिनु भयो ।

बाग्लुङ् सेवा समाज अमेरिकाले सञ्चालन गरेको उक्त चैते दशैँ मेला तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बाग्लुङजन्मथलो भइ अमेरिकामा बसोबास गरिरहेका बाग्लुङ्गे लगायत अमेरिका मा बसोबास गर्नु हुने नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै न्युयोर्कमा रहेका विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु, विभिन्न कलाकारहरु एवम् पत्रकारहरुको पनि उपस्थिति रहेकोथियो । रमाइलो र भव्यताका साथ सम्पन्न उक्त कार्यक्रममा पञ्चेबाजाका साथमा वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, कलाकारतथा जादुगर महादेव त्रिपाठी, पार्कर (Parkour) मा १७ पटक गिनिज वर्ल्ड रेकर्ड (Guinness world record) राखेका दिनेशसुनुवार जस्ता राष्ट्रिय स्तरका कलाकारहरुले कार्यक्रममा मनोरञ्जन प्रदान गर्नु साथै समाज को सह महीला संयोजक हिरा देवी भट्टरईबाट बाग्लुगे थाली नाच देखाउनु भयको महीला संयोजक चमेली परियार ले बताउनु भयो ।

साँस्कृतिक कार्यक्रमका साथसाथै भलिबल, छेलो(ठेलो) फाल्ने र लट्ठी तान्ने खेलको पनि प्रतिस्पर्धा भएकोमा बाग्लुग कालीका समुह लेभलिबल जित्नुका साथै छेलो(ठेलो) फाल्ने खेल विकास जि.सी.ले र लट्ठी मा  नौमती पञ्चेबाजा समूह बिजयी भयको जानकारी बग्लुङ् सेवा समाज अमेरिकाका सदस्य तथा खेलकुद संयोजक श्री गंगा सुनारले गराउनु भयो ।

साथै यस चैते दशै मेलामा बिभिन्न संघ संस्था र बाग्लुग सेवा समाज अमेरिका लाई साथ सहयोग गर्ने समाजसेबीहरु लाई सम्मानगरीयको आर्थिक संयोजक तथा कोषाध्यक्ष शंकर पौडेलले जानकारी दिनुको साथै चैते दशै मेला लाई आगामी दिनमा पनी निरन्तरताहुने बताउनु भयो। यस चैते दशै मेला मा पन्चे बाजा तथा सांस्कृतिक बेबस्थापन समाज का सह-कोषाध्यक्ष हरी पुनले गर्नु भयको थियो भने खाना पार्क रयातायात को बेबस्थापन महदत्तत कँडेल ,जीवन कँडेल, रमेश गौतमी गर्नु भयको थियो । स्वयंसेवक बेबस्थापन मा सचिव मेघनाथपौडेल लाई कुमार नेपाली र सुजन बस्याल ले साथ दिनु भयको थियो भने पाहुना हरूको स्वागत मा उपाध्यक्ष ओम्कार लामीछाने लाईचन्द्र नेपाली र बिना छन्त्याल ले साथ दिनु भयको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com