अमेरिकाको टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।
उनको मृत्युको खबरलगत्तै स्थानीय नेपाली समुदाय उनको घरमा पुगेको थियो। लामिछाने एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको निर्वाचनमा पराजित भएका थिए। उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए। गोरखा घर भएका लामिछाने टेक्ससमा व्यवसाय गर्दै आएका र सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए।
उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन्। लामिछाने दुई छाेरी र श्रीमतिका साथमा बस्दै आएका थिए । यसै बीच नेपाली समाज टेक्सासले लामिछानेको निधनमा शोक व्यक्त गरेको छ।