गैरआवासीय नेपाली संघका मागप्रति सकारात्मक छु : राष्ट्रपति पौडेल

-


     नेपालय न्युज    
     चैत्र ३ गते २०७९


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुलआचार्यको प्रतिनिधित्वमा आफुसमक्ष भेट गर्न आएको संघका प्रतिनिधिमण्डललाई नवविनयुक्त राष्ट्रपति पौडेलले नागरिकताका विषयमा कुनै समस्या नरहेको भन्दै सरकाले यो मुद्दा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

भेटमा अध्यक्ष थापाले लामो समयदेखि संघलेउठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकारका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।

साथै उनीहरुले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धगर्न चाल्नुपर्ने कदमलगायतका विषयमा पनि राष्ट्रपति पौडेलसमक्ष अबगत गराएका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com