
न्युयोर्क ।
जिपी कोईराला फाउन्डेशनको कार्यालय उडसाईड न्युयोर्कमा बरीष्ठ पत्रकार श्री कवीर राणा र फाउन्डेशनका पदाधिकारीबीच सौहार्दपूर्ण भेटघाट एवं छलफल भयो।
राणा देशान्तर साप्ताहिकको लगातार ३ दशकसम्म प्रधान सम्पादक रही हाल देशान्तर मिडीयाका कार्यकारी निर्देशक समेत हुनुहुन्छ।आफ्नो जीवन पुरै पत्रकारितामा होमेर विभिन्न आरोह अवरोह पारगर्दै आउनुभएका राणालाई फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरेले खादालगाई कार्यालयमा स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका कार्यसमिति सदस्प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य सुर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री, ध्रुव कुँवर क्षेत्री, समाजसेवी एवं नेपाली कांग्रेसका नेता आदित्य महर्जन एवंविद्यार्थी नेतृ कंचन राणाको, एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष शोभा कान्त पाण्डे, उपस्थिति रहेको थियो।
सो भेटघाटको अवसरमा बोल्दै पत्रकार राणाले स्व. गिरिजावावुको स्मरणमा खोलीएको फाउन्डेशनको गतिविधि आफुले शुरूदेखीनै नियालीरहेको र विशेष गरी अमेरीका च्याप्टरले कोरोनाकहर देखी हालसम्म गरेका सामाजिक कार्यको आफुलेमात्र नभै सारा विश्वलेनै उच्च प्रशंसा गरीरहेको बताउनुभयो। वहाँले गिरीजावावुको दृढ अडान र आत्म विश्वासको कारणले नेपालमा ऐतिहासिक जनआन्दोलन सफल भै गणतन्त्रको प्रादुर्भाव भएको र हालका दिनहरूमा दलहरूमा एक अर्काप्रती राजनैतिक अविश्वास भएको कारणले कतै गणतन्त्रनै संकटमा पर्ने त हैन भनी चिन्ता जाहेर गर्नुभयो। पत्रकार राणाले अध्यक्ष सोमनाथ घिमिरे भाई लाई २०४५ सालको जनआन्दोलन देखिनै चिनजान भएको र त्यस पछि हामी निरन्तर सम्पर्कमा छौं भन्नु भयो।
फाउन्डेशनका अध्यक्ष घिमीरेले आफुहरू प्रवासी नेपालीहरूका दुखपीडामा मल्हम लगाउन फाउन्डेशनमार्फत हमेशा लागीपरेको र अमेरीका विश्वकै आम मानिसहरूको वासस्थान समेत भएको परीवेशमा बहुराष्ट्रीय संजाल बनाई मानवीय सहयोगमा लाग्नु आजको आवश्यकता भएको महशुस आफुले गरेको बताउनुभयो। वहाँले नेपाललाई संवृद्ध राष्ट्रको रूपमा हेर्ने सबै प्रवासी हरूको चाहनामा फाउन्डेशनले अग्रणी भुमीका निर्वाह गर्ने विश्वास दिलाउनुभयो। साथैं आदित्य महर्जनले २०३६/३७ सालमा भारतको मद्रासमा सिपिए पढन जांदा त्यही वेलानै ने. वि. संघको स्थपना गरेर नेपालमा सत्याग्रहको आन्दोलनमा आर्थिक र नैतिक समर्थनका लागी भारतमा बस्ने नेपालीहरु लाई ऐक्यबद्धतामा बाँध्न सफल हुनु भएको थियो।
कार्यसमिति सदस्य सुर्य सिंखडाले पत्रकार राणाजस्तो एक ईमान्दार र अनुभवी पत्रकारीतामा खारीएको व्यक्तित्वों खाँचो नेपलमा रहेकोकुरामा जोड दिनुभयो।यसैगरी सदस्य प्रेम अधिकारी क्षेत्रीले नेपालको विकासमा सबै तह र तप्काका पेशाकर्मीहरू डटेर लाग्नुपर्ने शन्देसदिनुभयो भने सदस्य ध्रुव कुँवर क्षेत्रीले नेपालमा आएको विकृति र विचलन एवं आफुलाई ठुला मिडीया हौं भन्नेहरूको दादागीरी अन्त्यगर्न राणाजस्तो ईमान्दार पत्रकारलाई आफ्नो सुझाव दिनुभयो। यसै क्रममा एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष शोभा कान्त पाण्डेले कबिर राणाको नाम आफु सानै हुंदा सुनेको तर आज प्रत्यक्ष भेटन पाउदा निकै हर्षित भएको छु भन्नु भयो। लेराणालाई स्वागत गर्दै वॅंहाको अमेरिका भ्रमण फलदायी रहोस भनि कामना गर्नु भयो।
सो कार्यक्रममा हालै नवनिर्वाचित गणतान्त्रीक नेपालका तेस्रो राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेललाई फाउन्डेशनका तर्फवाट अध्यक्ष सोमनाथ घिमिरेले हार्दिक बधाई दिँदै वहाँको कार्यकालको पुर्ण सफलताको कामना गर्नु भएको थियो भने वर्तमान परिस्थितिमा राष्ट्रपतिजस्तो गरीमामय पद सम्हालेर मुलुकलाई राष्ट्रीय एकताको सुत्रमा बाँध्नसक्ने व्यक्तित्व रामचन्द्र पौडेल भएको र वहाँले सबै दल र जनताको विश्वास लिई मुलुक संचालन गर्न महत्वपूर्ण भुमीका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको अध्यक्ष घिमिरेले बताउनुभयो।
अन्त्यमा अध्यक्ष घिमिरेले पत्रकार राणालाई आफ्नो भ्रमणको व्यस्त समयका बाबजुद फाउन्डेशन परीवारलाई माया गरी फाउण्डेशनले गरेको कार्यहरुको प्रेस विमोचन नेपालका प्राय सबै मिडियाहरुमा सम्प्रेसन गरी सहयोग गर्दै आउनु भएको र यसै फाउण्डेशनकै कार्यालयमा भ्रमण गरी आफ्ना अमुल्य विचारहरू राखीदिनु भएकोमा सम्पूर्ण फाउन्डेशन परीवारको तर्फवाट हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दै वहाँको अमेरिकाको वसाई अत्यन्त फलदायक रहोस भन्ने कामना गर्नुभयो।