अदानीले अमेरिकी कम्पनीबाट पाए ठूलो लगानी, हिन्डेनवर्ग रिपोर्टलाई चुनौती दिने प्रयास

-


     नेपालय न्युज    
     फागुन १९ गते २०७९


भारतको समस्याग्रस्त व्यापारिक समूह अदानी ग्रुपले अमेरिकी कम्पनीबाट ठूलो लगानी पाएको छ ।

अर्बपति व्यापारी गौतम अदानीको सो समूहले बताएअनुसार समूहमा फ्लोरिडामा मुख्यालय रहेको जीक्यूजी पार्टनर्सबाट समूहले १ अर्ब ८७ करोड डलर बराबरको लगानी सुरक्षित गरेको छ ।

अमेरिकी रिसर्च कम्पनीबाट शेयर बजारमा चलखेल र वित्तीय ठगीको आरोप लागेयता समूहमा सार्वजनिक रुपमा यति ठूलो लगानी भित्रिएको यो पहिलो पटक हो ।

आफूमाथि लागेका आरोपहरुको अदानी समूहले भने खन्डन गरेको छ । जनवरी २४ मा हिन्डेनबर्ग रिसर्चले आरोपहरुसहितको प्रतिवेदन सार्वजनिक गरेयता अदानी समूहका सात ओटा सूचिीकृत कम्पनीहरुले १ खर्ब ३५ अर्ब डलर बराबरको बजार पूँजीकरण गुमाइसकेका छन् । जीक्यूजीको लगानी अदानी इन्टरप्राइजेज समेत समूहका चार ओटा कम्पनीमा बाँडिने बताइएको छ । यसले समूहका कम्पनीहरुको सुशासन, व्यवस्थापन अभ्यास र वृद्धिमा विश्वव्यापी लगानीकर्ताहरुको मनोबल निरन्तर छ भन्ने देखाएको अदानी समूहका प्रमुख वित्तीय अधिकारी जुुगेशिन्दर सिंहले भनेका छन् ।

आफूले यी कम्पनीहरुको दीर्घकालीन वृद्धि सम्भावना प्रचुर रहेकोमा विश्वास गरेको जीक्यूजीका प्रमुख लगानी अधिकारी राजिव जैनले भनेका छन् । अदानीलाई उनको पुस्ताका सबैभन्दा उत्तम उद्यमीको रुपमा हेरिनेमा पनि उनले जोड दिएका थिए ।

समूहले सार्वभौम सम्पत्ति कोषबाट कर्जाबापत ३ अर्ब डलर सुरक्षित गरेको भन्ने समाचारहरुको भने एउटा छुट्टै नियामक फाइलिङमा अदानी इन्टरप्राइजेजले खन्डन गरेको थियो ।

बिहीवार भारतको सर्वोच्च अदालतले अदानी समूहका कम्पनीमाथि हिन्डेनबर्ग रिसर्चको आरोपहरुबारे अनुसन्धान गर्न स्वतन्त्र समिति नियुक्त गरेको थियो ।

समूह दशकौंसम्म शेयर बजारमा चलखेल र हिसाबकिताबमा धोकाधडीमा निर्लज्ज भएर संलग्न रहेको अदानी समूहले भने सो आरोपलाई भारतमाथिकै आक्रमण भन्दै सोको खन्डन गरेको थियो । आफूले नाफा कमाउन शर्ट सेलिङ कम्पनीले सो षडयन्त्र रहेको दाबी अदानी समूहको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com