बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष गाैतमकाे निधनमा बजार बन्द

-


     नेपालय न्युज    
     माघ २९ गते २०७९


पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष बलराम गाैतमको निधन भएकाेमा एशोसियसनले आफ्नाे मातहतका व्यवसायीक प्रतिष्ठानहरू माघ २९ गते पुर्ण रूपमा बन्द गरेर शाेक मनाएकाे छ ।

बुद्ध विशाल बजारमा आयाेजना गरिएको शोकसभामा पुर्व अध्यक्ष गाैतमको फोटोमा माल्यार्पण गर्दे एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले आफुहरूले एउटा कुशल अभिभावक गुमाएको बताउदै यस  दु:खद घडीमा स्वर्गीय बलराम गौतम प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे परिवारजनमा धर्यधारणा गर्ने शक्ती भगवानले दिउन भन्दै स्वर्गीय गाैतमको  निधनमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको आकस्मिक बैठक बसी एशोसियसनले आफ्नाे मातहतका व्यवसायीक प्रतिष्ठानहरू माघ २९ गते पुर्ण रूपमा बन्द गर्ने,  संस्थाकाे झन्डा आधा झुकाउने र तिन दिनसम्म संस्थाका कुनै पनि आैपचारिका कार्यक्रम नगर्ने निर्णय गरेकाे बताए । एशोसियसनले स्वर्गिय गाैतमको सम्झनामा एक मिनेट माैनधारणा समेत गरेकाे थियाे ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष बलराम गाैतमको माघ २८ गते बिरगंजमा निधन भएको थियो भने उनको पार्थिव शरिरलाई आज बिहान पोखरा ल्याई तुलसीघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो । ५६ वर्षिय स्वर्गीय गाैतमका श्रीमती र तिन छोरी रहेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com