
पोखरा । पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट, बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय बुवा बासुदेव पौडेल तथा स्वर्गीय भाई विश्व प्रसाद पौडेलको स्मृतिमा समाजसेवी नारायण प्रसाद पौडेलले एक लाख बिस हजार पच्चीस रूपिया सयोग गरेका छन् ।
स्थाही घर पोखरा महानगरपालिका २८ बिमिरापानी रहेका नारायण प्रसाद पौडेल मन्दिरका सल्लाहकार तथा जनज्योती मा.वि पोखरा २८ कालिकाका स्कुल व्यवस्थापन समितिका सदस्य रहेका छन भने सुर्केमैदान ध्रुवपुर बाटो समितिका सचिव लगाएत अन्य सामाजिक संघसस्थाहरूमा आवद्व रहेका छन् ।

स्वर्गीय बुवा बासुदेव पौडेल तथा स्वर्गीय भाई विश्व प्रसाद पौडेल
पौडेलले स्वर्गीय बुवा बासुदेव पौडेलको माघ ६ गते पर्न गएको वार्षिक पुण्यतिथिको अवसरमा तथा स्वर्गिय भाई विश्व प्रसाद पौडेल तथा सम्पुर्ण स्वर्गीय पितृहरूको दिवङ्गत आत्मको चिरशान्तिको कामना गर्दे मन्दिर पुनःनिर्माणको लागी यस अगाडि आमा कृष्ण कुमारी पौडेलले गर्नुेभएको २०,०२५ (बिस हजार पच्चीस रूपिया) सयोग रकममा थप रकम १,००००० (रू एक लाख रूपिया) थप गरि १,२०,०२५ (रू एक लाख बिस हजार पच्चीस रूपिया) दान गर्नेुभएको छ ।
पोखरा महानगरपालिका २८ कालिका बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय बुवा तथा भाईको सम्झनामा सयोग गर्न पाएको आफुलाई सन्तुष्टी मिलेको बताउदै स्वर्गीय बुवा बासुदेव पौडेलको पुण्यतिथिको अवसरमा सयोग गर्न पाएकोमा खुशी लागेको बताए ।
शिव मन्दिर पुनः निर्माणमा आमा कृष्ण कुमारी पौडेल श्रीमती सविता पौडल तथा छोराबुहारी नविन पौडेल,मोनिका गौतम पौडेल तथा छोरी ज्वाईहरूले समेत सयोग गरेको मन्दिर समितिले जनाएको छ ।

दानविर पौडेल परिवार
पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट बिमीरापानीमा २०३७ सालमा स्थानिय समाजसेवी शिव प्रसाद पौडेलको सक्रियतामा स्थापना भएको त्रिलोकेश्वर शिव मन्दिर हाल अत्यन्त जिर्ण अबस्थामा रहेको र मन्दिरको संरक्षण समेत नभएको अवस्थामा हाल स्थानिय जनताको अग्रसरमा मन्दिरको समिति गठन भई मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ । हाल स्वदेश तथा विदेशमा रहेका स्थानियवासीहरुले स्वतफुर्सद रुपमा आर्थिक सयोग गरीरहेका छन् । हाल सम्म सयोग रकम नौ लाख संकलन भईसकेको छ । मन्दिर तथा ट्रष,भवन बनाउन पन्ध्र लाख जति लाग्ने अनुमान गरिएको छ ।

नव निर्मित त्रिलोकेश्वर शिव मन्दिर
मन्दिरलाई पोखरा महानगरपालिका लगाएत यस क्षेत्रकै धार्मिक पर्यटकीय ठाँउको रुपमा विकास गर्ने उध्यश्य रहेकोले हाल शिव मन्दिर लगाएत मन्दिर परिसरमा रहेका पौवाहरुको पुनःनिर्माण गर्नेुकोे साथै मन्दिर परिसरमा पार्क तथा बर,पिपल चौतारी, खानीपानी धारा लगाएत अन्य संरचनाहरु निर्माण गर्नुेपर्ने भएकोले त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिले बृहत गुरुयोजना बनाएर काम थालनी गर्न लागेको त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका अध्यक्ष मनोहरि पौडेलले बताए ।