सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी Elon Musk को सम्पत्तिमा आएको कमीले व्यक्तिगत सम्पत्तिमा आएको सबैभन्दा ठूलो कमीको विश्व रेकर्ड तोडेको देखिएको छ । सन् २०२१ को नोभेम्बरदेखि उनले १ खर्ब ८२ अर्ब डलर गुमाएको अर्बपतिहरुको तथ्यांक सार्वजनिक गर्दै आएको आर्थिक पत्रिका फोर्ब्सले भनेको छ ।
Elon Muskको सम्पत्तिमा आएको कमी अहिलेसम्मकै रेकर्ड भएको गिनिज वल्र्ड रेकर्डले पनि आफ्नो वेबसाइटमा एक ब्लगमा लेखेको छ । विद्युतीय सवारी साधन बनाउने उनको कम्पनी टेस्लाको शेयरको भाउमा देखिएको वृद्धिकै कारण उनी विश्वकै सबैभन्दा धनी व्यक्ति अनि दोस्रो खर्बपति व्यापारी समेत बने । तर हालैका दिनमा टेस्लाको शेयरमा आएको कमीकै कारण उनको सम्पत्तिमा पहिरो गइरहेको छ ।
गएको वर्ष Elon Muskले माइक्रोब्लगिङ मञ्च ट्विटर किनेयता कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । उनले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । ट्विटर किन्न उनले टेस्लाको शेयर बेच्ने अनि अब उप्रान्त टेस्लामा धेर ध्यान दिन नसक्ने चिन्तबीच टेस्लाको शेयर ओरालो लागिरहेको छ ।
२०२१ को नोभेम्बरयता Elon Muskले गुमाएको सम्पत्तिले यस अघि सन् २००० मा जाापनका प्रविधि लगानीतकर्ता व्यापारी मासायोशी सनले गुमाएको ५८ अर्ब ६० करोड भन्दा निकै धेरै हो ।
गएको डिसेम्बरमा Elon Muskले विश्वको सबैभ्नदा धनी व्यक्तिको पदवी गुमाए । उनलाई उछिनेर फ्रान्सेली लक्जरी सामान निर्माता कम्पनी एलभीएचएमका प्रमुख कार्यकारी अधिकारी बर्नार्ड आर्नो विश्वको धनी बने । सन् २०२२ भर टेस्लाको शेयर ६५ प्रतिशतले घट्यो ।
कम्पनीको अपेक्षाकृत कमजोर प्रदर्शनका कारण पनि टेस्लाको शेयर प्रभावित भइरह्यो । गएको वर्षभर टेस्लाले १३ लाख थान मात्रै सवारी साधन डेलिभर गर्यो । यो लाव स्ट्रिटले गरको अनुमानको भन्दा कम थियो । तर आगोमा घ्यूँ थप्ने काम चाँहि Elon Muskले ट्विटर किन्नु बन्यो ।
यस क्रममा टेस्लामा उनले व्यापक संख्यामा कर्मचारीलाई कामबाट निकाल्ने अनि चार्जिङ स्टेशनसम्बन्धी नीतिम हेरफेर गर्ने विवादका कारण अधिकांश समय शेयर मूल्य ओरालो लाग्नुको मुख्य कारण हो ।
टेस्लाका कयौं लगानीकर्ताहरुले Elon Muskले टेस्लामाथि ध्यान दिनु पर्ने बताइरहेका छन् ।
माग घटको अनि मन्दीको भय, बढ्दो प्रतिस्पर्धा र कोभिडका कारण उत्पादनमा देखिएको चुनौतीका कारण पनि कम्पनीको शेयरमाथि कालो बादल मडारिएको हो । फोब्र्सको रियलटाइम इन्डेक्समा २ खर्ब ४ अर्ब सहित आर्नो पहिलो स्थानमा छन् भने Elon Musk १ खर्ब ४६ अर्ब ५० करोड डलरसहित दोस्रो स्थानमा छन् ।