एनआरएन र नेपाल जोड्ने नागरिकताको बिषयमा सरकार सकारात्मक छ:मन्त्री लामिछाने

-


     नेपालय न्युज    
     पौष १८ गते २०७९


गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरको टोलीसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एनआरएनहरु र उनीहरुका सन्तति समेतलाई नेपालसँग जोड्ने प्रमुख कुरा नागरीकता भएकाले गैरआवासीय नेपाली संघको नागरिकता सम्बन्धीको बिषयमा नेपाल सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ।

डिसेम्बर ३०, २०२२ र डिसेम्बर ३१ २०२२ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवर, पदाधिकारी र प्रमुख अधिकृत सहितको टोलीले दुइ उपप्रधानमन्त्रीहरु बिष्णु पौडेल र रवि लामिछानेसँग भेटेर संघका मुद्धाबारे ज्ञापन गराएको छ।

भेटका अवसरमा नेपाल सरकराका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग उहाँहरुकै कार्यालयमा पुगेर भेटघाट एनआरएनहरुका मुद्धाबारे ज्ञापन गराएको हो। दुवै उपप्रधानमन्त्रीहरुसँगको भेटमा संघका अध्यक्ष कुँवरले सिंगो एनआरएनएको तर्फबाट बधाई एवं शुुभकामना दिनुभएको थियो। टोलीमा अध्यक्ष बिनोद कुँवर, महासचिव जानकी गुरङ्ग, सचिव जुनु गुरुङ, युरोप संयोजक उल्का घिमिरे, युवाहरुको लागि ब्राण्ड एम्बासडर दिपेश खत्री, प्रमुख कार्यकरी अधिकृत राजेश शम्शेर राणा सहित हुनुहुन्थ्यो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भने एनआरएनए टोलीले आफ्ना प्रमुख मुद्दा मध्ये नागरिकताको बिषय गृहमन्त्रालयसँग संबन्धित रहेकाले बिशेष रुपले ज्ञापन गरायो। गृहमन्त्री लामिछानेसंग टोलीले गैर गैरआवासीय नेपाली नागरिकताबारे अहिले सम्मको अवस्था र अब हुनुपर्ने कुराबारे ज्ञापन गराएको थियो।

एनआरएनहरुको माग भनेको नेपाली नागरिकाताको निरन्तरता हो। नेपालको वर्तमान संबिधानमा गैर आवासीय नेपाली नागरिकताको ब्यबस्था छ। तर ऐन नबनेका कारण हाम्रो संबैधानिक अधिकार नै कार्यान्वयन भएको छैन। यसबारे हामीले लामो समय देखि लवी गर्दै आएको कुरा गृहमन्त्रीज्यूलाइ अबगत नै छ।

अघिल्लो सरकारका पालामा दुई-दुई पटकसम्म संसदबाट पारित गरिएको नागरिकता विधेयक राष्ट्रपतिबाट अनुमोदन नहुँदा विश्वमा छरिएका गैरआवासीय नेपालीहरु चिन्तित रहेका छन्। अब यो सरकारले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐनमा परिमार्जन गरी नेपाली नागरिकताको निरन्तरता समेतलाइ ब्यबस्था हुनेगरी गर्नको लागि अनुरोध समेत गर्यो। यसका साथै ऐनमा गैरआवासीय नेपाली नागरिकतामा गैर आवासीय नेपाली वंसजका आधारमा नागरिका समेत कानुनमा ब्यबस्था हुनुपर्ने अबगत गराएको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com