निर्वाचनमा पराजित भएपछि ब्राजिलियन राष्ट्रपतिले छाेडे देश

-


     नेपालय न्युज    
     पौष १६ गते २०७९


एजेन्सी । राष्ट्रपतिको निर्वाचनमा पराजय भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छाडनुभएको छ ।

आफ्नो उत्तराधिकारीले शपथ लिनुभन्दा दुई दिनअघि नै बोल्सोनारो अमेरिका पलायन हुनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिका पलायन भएसँगै बोल्सोनारो आइतबारको शपथग्रहण समारोहमा भाग नलिने निश्चित भएको छ । जायरले आफ्नो चुनावी हार स्वीकार गर्नुभएको छैन् ।

यसअघि, शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य नहुने बताउनुभएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com