हिमपातले उत्तरी अमेरिकामा ठूलो क्षति पु¥याएको छ । आँधीका कारण हालसम्म कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ ।
यस आँधीको प्रभाव दक्षिण टेक्सास प्रान्तदेखि क्यानडासम्म देखिएको छ ।
तर सबैभन्दा ठूलो असर न्युयोर्क राज्यको बफेलो सहरमा परेको छ, जहाँ यसका कारण धेरै मानिसको मृत्यु भएको छ ।
केही व्यक्ति ४८ घण्टाभन्दा बढी समयदेखि सवारी साधनमा फसेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यसैबीच न्युयोर्क प्रान्तका धेरै क्षेत्रमा नौ इन्चसम्म हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यस प्राकृतिक प्रकोपलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युयोर्कमा सङ्घीय सहायता प्राप्त गर्नका लागि आपतकाल घोषणा गर्न स्वीकृत गरेका छन् ।
एरी काउन्टी अफिसर मार्क पोलोनकार्जले भने, ‘हामी सुरुङको अन्त्यमा प्रकाश देख्न सक्छौँ । तर यो अझै अन्त्य होइन । यो थुप्रै पीढिमा एकपटक आउने आँधी हो ।’
पोलोनकार्जले स्थानीय स्वास्थ्य विभागलाई उद्धृत गर्दै हिउँ खन्दा धेरैको मुटुमा देखिएको समस्याका कारण मृत्यु भएको र केही सवारीसाधन भित्रै मृत फेला परेको बताए ।
न्युयोर्कका गभर्नर क्याथी होचुलले भनिन्, ‘यो युद्ध क्षेत्रमा जानु जस्तै हो र सडकको छेउमा पार्किङ गरिएका गाडीहरूको अवस्था हृदयविदारक छ ।’ एजेन्सी