घुमिफिरि देश मध्यावधितिर जाने सम्भावना छ : एमाले अध्यक्ष ओली

-


     नेपालय न्युज    
     पौष ९ गते २०७९


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि चुनावमा जानसक्ने बताएका छन्। एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दलहरुले समयमा कदम नचाले फेरि घुमिफिरि देश मध्यावधि निर्वाचनतर्फ जानसक्ने संकेत गरेका हुन्।

‘अरुले पनि समयमा कदम चालेनन् भने समयमा आफूआफूलाई मात्रै हेरे भने देश फेरी घुमिफिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ,’ ओलीले भने, ‘जाँदैन भन्न सकिदैँन।’

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भयो : केपी ओली
सोही कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे।

‘अब उहाँ(पुष्पकमल दाहाल) को सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नु भएन,’ ओलीले भने।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको श्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहो¥याए।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com