
लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्।
लोसपाबाट निर्वाचित चारजना सांसद र केन्द्रीय नेताहरुसहितको बुधबार काठमाडौंमा बसेको बैठकले ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
मंसिर ४ को निर्वाचनमा लोसपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षबाट चार सिट मात्रै जितेको छ।
तर उसले समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टी बन्न असफल रह्यो।
लोसपाले सत्ता गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेको थियो। यसअघि नै यो पार्टीले सत्ता गठबन्धनमा रहेर सरकारमा जाने निर्णय गरिसकेको छ।